हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले “लम्पीस्किन“ रोगलाई गम्भीरतापूर्वक लिन प्रबिधिको सहि सदुपयोग गर्न निर्देशन गर्नुभएको छ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा आयोजना गरिएको दुइ दिने आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा गोष्ठी तथा प्रदेश स्तरीय ईपिडिमियोलोजी रिपोर्टिङ कार्यक्रममा पहिलो चरणमा जुम्ला रुकुम सल्यान जिल्लामा रेफ्रिजेनेटर, माइक्रोस्कोप, काउ लिफ्ट, र मिल्की एनालाइजर मेसिन हस्तारण गर्दे“लम्पीस्किन“ रोगलाई गम्भीरतापूर्वक लिन र कार्यालयमा उपलव्ध प्रबिधिको सही सदुपुयोग गर्न मन्त्री शर्माले निर्देशन दिनुभएको हो।


१० जिल्लाका कार्यालय प्रमुखहरुलाइ निर्देशन गर्दै मन्त्री शर्माले अहिले हामि संग भएको ल्वाब हरु सञ्चालनमा छन त भन्ने प्रश्न गर्दै प्रबिधि बन्द कोठामा राख्ने र माग पनि गर्नुले कार्यक्षमतामा प्रश्न चिन्ह खडा हुने भएकाले प्राप्त गरेका प्रविधिको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो।

गत बर्ष वर्ड फ्लुले सुर्खेतमा किसानहरुलाइ ठुलो क्षति पुर्यायो राहतको लागि मन्त्रालयबाट सबै प्रक्रिया पुरा गरि राहत रकम हस्तारण गर्दा सम्म पनि किसानले राहात नपाएको गुनोसो छ।
रकम कति निकासा भयो कहाँ वितरण भयो जनाकारी खवर केही छैन यसरी बेखवर हुदा सरकार छैन भन्ने अनुभूति भएको किसानले अनुभूति गरेकाले अवका दिनमा गल्ती नगर्न सचेत हुनु सबैं कार्यालय प्रमुखहरुलाइ सुझाव सहित निर्देशन गर्नु भयो।

मन्त्रालयबाट ‘वास्तविक किसानका लागि पठाएको समेत बजेट पाउन सक्नु भएको छैन यसको जिम्मेवारी कसले लिने? कतै पठाएको बजेट किसानहरुले प्राप्त गर्न सक्नुभएन तर बजेट रकम फ्रिज हुन्छ, सरकार भएको अनुभूति हुने गरी काम गर्न र दिएको बजेट सबै किसानहरुलाइ राहात तथा प्रोत्साहन गर्ने तर्फ सबै अग्रसर हुन सके मात्रै किसान मैत्री बजेट र सरकार भएको किसानहरुलाइ अनुभूति हुने बताउनु भयो।

अहिले कर्णालीमा लम्पी माहामारीको रुपमा फैलिएको छ। किसानले बाली लगाउने समयमा हल गोरुको मृत्यु भएको छ। यस्ता बिषयमा हामी कति गभ्मीर छौ हामीले हाम्रो जनशक्ति कति परिचालन गर्यौ लम्पी स्कीनमा अहिले सम्म भएको प्रगति कति हो यसबारे वास्तविक तथ्याङ्क कति हो भन्ने वारे हामी जवाफदेही भयौ या भएन्यौ यसबारे सबैले लम्पी स्कीन रोगको नियन्त्रणमा प्रयोग भएको जनशक्ति र आवश्यक जनशक्ति वारे तत्काल जानकारी दिन आग्रह गर्नु भयो।

कर्णाली प्रदेश सरकारको प्रगतिवारे १५ पटक लम्पीको बारेमा प्रश्न पत्रकारहरुले सोध्ने गर्छन यसको सही तथ्याङ्क बारे अहिले सम्म प्रस्ट छैन दैनिक तथ्याङ्क फेरवदल किन हुन्छ यसबारे गम्भीर भयौ की भएन्यौ स्थानीय सरकार संग समन्वय तथा सहकार्य र हामी संग भएका जनशक्ति कति परिचालन गर्यौ यसबारे सबै शक्ति लम्पी स्की रोग नियन्त्रणमका लाग्न र नियन्त्रण गर्न हाम्रो जनशक्ति प्राप्त छ या छैन यसबारे तत्काल जानकारी दिन निर्देशन गर्नुभयो।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार, ,  ३ : १२ बजे

प्रतिक्रिया दिनुहोस्