हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर, माघ २९ । नेपाली काँग्रेसका आधिकारीक उम्मेदवार तथा प्रजातान्त्रिक प्यानलको तर्फबाट तुलसीपुर उद्योग बाणिज्य संघमा अध्यक्षको उम्मेदवारी दिएका टेकन प्रसाद बस्नेत (हिमाल) ले आफु लगायत सिंगो प्यानलले नै फागुन १ मा हुन गइरहेको निर्बाचनमा जित्ने बताएका छन् ।

सल्यानन्युज सँग कुरा गर्दै तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवार टेकन प्रसाद बस्नेत (हिमाल) ले भने,‘बिगतको अनुभव र अहिलेको आबश्यकताले गर्दा चुनाब हामिले जित्ने थुप्रै आधार छन् । सबैको साझा संस्थालाई थप मजबुत बनाउन र व्यवसायिक हकहितमा आफुहरुको सिंगो टिम लागीपरेकोले सम्पूर्ण व्यवसायिहरुले हामिलाई जिताउँनुहुनेछ । ’

उनले तुलसीपुर उद्योग बाणिज्य संघमा यसअघिको कार्यकाल अध्यक्ष हुँदा कुनै बिबादमा नपरेकोले यसपटक पनि मतदाताले आफु र सिंगो टिमलाई विश्वास गर्ने जनाएका छन् । उनले खास व्यवसायिहरुका समस्या आफ्नो टिमले मसिनो गरी बुझेको र त्यसको समाधानका लागि आगामी कार्यकालमा लागिपर्ने बताए ।

प्रजातान्त्रिक प्यानलको तर्फबाट तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा टेकन प्रसाद बस्नेत (हिमाल),ललितजंग शाह उपाध्यक्ष (उद्योग) गोकर्णप्रसाद गिरी उपाध्यक्ष (बाणिज्य), तुलसीराम न्यौपाने उपाध्यक्ष (खुला) मा चुनाबी मैदानमा होमीएका छन् । यसैगरी विनिल केसी (महासचिव) , डिलबहादुर ओली (कोषाध्यक्ष) खुशलराम शर्मा (सचिव) र सह‐कोषाध्यक्षमा कमल गौतमलाई प्रजातान्त्रिक प्यानलले चुनाबी मैदानमा उठाएको छ ।

यसैगरी सदस्यहरुमा जनकबहादुर रावत,झूपलाल खड्का,बालकृष्ण डाँगी(कृष्ण),पवन केसी र लिलामणी चौधरी प्रजातान्त्रिक प्यानलको तर्फबाट चुनाबमा होमीएका छन् । यस्तै प्रजातान्त्रीक प्यानलको तर्फबाट निलम बस्नेत र बिब्बीबेगम कवडिया महिला सदस्यको रुपमा चुनाबी प्रतिस्पर्धा गर्दैछन् ।

बुधबार राति नेपाली काँग्रेसले आफ्नो आधिकारीक उम्मेदवार छनौट गरेसँगै प्रजातान्त्रीक प्यानलले बिहिबार बिहानैदेखी बजार आसपासका क्षेत्रमा मतदाताको घरदैलोमा तिब्र रुपमा आफ्नो प्रचार प्रसार गरिरहेको प्रजातान्त्रिक प्यानल सम्बद्ध निर्वाचन परिचालन समितिले सल्यान न्युजलाई जानकारी दिएको छ ।

उता,फागुन १ मा हुनगइरहेको निर्वाचनमा बामपन्थी प्यानलले रामप्रसाद चालिसेको नेतृत्वमा आफुहरुले पनि चुनाव प्रचार प्रसार तिब्र पारेको जनाएको छ ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार, ,  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्