हामी परिक्षण प्रसारणमा छौ



सल्यान। कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य कृति बहादुर पुन ( प्रकाण्ड) ले जनतासंग माओवादी अभियानले पार्टीका नेता कार्यकर्ता लाई रुपान्तरण गर्नु पर्ने बताउँनु भएको छ ।

मंगलवार बागचौरमा भएको नेकपा माओवादी केन्द्र बागचौर नगरको बिस्तारित बैठकमा बोल्दै माओवादी केन्द्रका नेता प्रकाण्डले माओवादी प्रती जनताको बिश्वास बढाउन,नेता कार्यकर्तालाई रुपान्तरण हुन आग्रह गर्नु भएको हो ।

दस बर्षिय जनयुद्धको नेतृत्व गर्दै,१९ दिने जनआन्दोलन बाट राजतन्त्रको अन्त्य गरि मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल पार्टीको अस्तित्वनै संकटमा पर्नुको मुख्यकारण माओवादी केन्द्रका नेता कार्यकर्ता भएको उहाँको जिकिर छ ।
पछिल्लो चरणमा माओवादी जनतामाझ रुपान्तरण सहित फर्किने अभियानले,सर्वहारा बर्गको रक्षा गर्ने बताउनु भएको छ ।

तीन महिने अभियानका सल्यान जिल्ला समन्वय समिति संयोजक तथा शिद्वकुमाख गाउँपालिका इन्चार्ज समेत रहेका पुनले पछिल्लो चरणमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) प्रधानमन्त्री रहेको सरकारका उपलब्धिहरुलाई जनतामाझ लिएर अभियानलाई सफल पार्न जिल्लाका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।बैठकका प्रमुख अतिथी समेत रहेका पुनले अहिलेको सरकार भ्रष्टाचार बिरोधि अभियान र सुशासनयुक्त देश निर्माण गर्नमा लागेको बताउनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय निर्वाचन आयोग समिति सदस्य देविलाल गैतमले सल्यान लगाएत देशभरको माओवादीलाई पुरानै अवस्थामा फर्काउन जनतासंग माओवादी कार्यक्रमको प्रभावकारी भुमिका रहने बताउनु भएको छ ।रुपान्तरण अभियानका बागचौर नगरपालिका इन्चार्ज समेत रहेका गौतमले शान्ति प्रक्रिया पछिका निर्वाचनहरु बाट माओवादी केन्द्र टुटफुट र बिक्रेन्दित भएको र अब उक्त माओवादी पार्टी एकीकृत रुपमा संगठित भएर लाग्नुको बिकल्प नरहेको बताउनु भयो ।उहाँले पार्टी कस्तो बन्ने भन्ने कुरा संगठन निर्माणले नृर्क्यौल गर्ने भएकाले संगठनलाई बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिनु भयो ।गौतमले तिनमहिने अभियानमा आफुहरु बागचौर नगरपालिका भित्रका सम्पुर्ण टोलवस्ति र घरघरमा पुगेर जनपक्षीय काम गर्न लागि पर्ने बताउनु भयो ।

बिस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञानबहादुर वली ( माइकल) ले त्याग तपस्या र बलिदानी बाट प्राप्त भएको व्यवस्थालाई रक्षा गरि देश परिवर्तनको लागि मुख्य भुमिकामा रहने खालको ठूलो पार्टी बनाउन नेता कार्यकर्ता एकरुपताका साथ लाग्नु पर्ने बताउनु भयो ।उहाँले जनयुद्धका नायक हालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) दोस्रो युद्वमा होमिएको र उक्त लडाइलाई सार्थक तुल्याउन सवै लाग्नु पर्ने बताउनु भयो ।बिस्तारीत वैठकमा माओवादी केन्द्रका प्रदेश सदस्य हरिलाल डिसी( दोभान ) सुम्निमा डिसी ( वली) कल्पना पुन, प्रदेश सल्लाहकार सदस्य सेतीराम वली,नेकपा माओवादी केन्द्रका जेष्ठ मंच प्रदेश सदस्य डिल्लीराज शर्मा लगाएत जिल्ला समन्वय समिति सदस्यहरुले एकता,सुदृढ र रुपान्तरण सहितको पार्टी निर्माणको अभियानमा लाग्नु आजको मुख्य आवस्यकता भएको बताउनु भयो ।

नेकपा माओवादी केन्द्र बागचौर नगर अध्यक्ष सोभाराम भण्डारीको अध्यक्षतामा भएको वैठकमा पार्टीका नगर उपाध्यक्ष रोमु शाहिले पार्टीको सर्कुलर प्रस्तुत गर्नु भएको थियो ।
 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार, ,  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्