हामी परिक्षण प्रसारणमा छौ



कालिमाटी,सल्यान।सामाजिक न्याय र सुशासनकाे लागि माओबादी केन्द्र संकल्पको साथ जनताको घरदैलोमा  पुगेकाे माओवादी केन्द्रीय केन्द्रीय सदस्य पुर्व मन्त्री तथा सल्यान जिल्ला ईन्चार्ज नरेश भण्डारीले बताउनु भएको छ ।

जनता संग बिशेष रुपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र कालिमाटी गाउँ समितिले आयाेजना गरेकाे संकल्प सभालाई सम्बाेधन गर्दै सल्यान ईन्चार्ज समेत रहनु भएका भण्डारीले जनयुद्ध,जनआन्दोलन मधेस आन्दोलन बाट प्राप्त संविधान माथि कुठाराघात गर्ने प्रतिगामीहरु सलबलाउन थालेकाे समयमा माओवादी केन्द्रले सामाजिक न्याय सुशासन र आर्थिक समृद्धिलाई मन नपराएकाहरुले व्यवस्था माथी नै प्रतिगमन गर्न थालेकाले माओवादी केन्द्र सामाजिक न्याय र  सुशासन काे लागि जनताकाे घरदैलो पुगेको बताउनुभयो ।

राष्ट्रपतिमा माओवादी, संविधानमा माओवादी, संघीयतामा माओवादी नदेख्ने र दिउँसै रात पार्नेका विरुद्ध माओवादी केन्द्र लाई जनताले हिजाे पनि साथ दिएकाे र अब पनि साथ दिन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो,’घाँस काट्ने हिडेका महिला हरुलाई सरकार सम्म पुर्याउने र देशकाे पहिलो सभामुख महिला, प्रदेश प्रमुख दलित,देशको शासकीय पदमा मधेसी  समुदायमा लाई प्रतिनिधित्व गर्ने पार्टीकाे बलिदान लाई अहिले का रजाैटाहरुले बुझे मात्रै माओबादी पार्टीको औचित्य पुष्टि हुन्छ ।’

कालिमाटी गाउँ समितिकाे आयाेजनामा संकल्प सभा सम्पन्न

यसैगरी ‘जनजनमा माओवादी मनमनमा माओवादी जनता संग बिशेष रुपान्तरण अभियान’ अन्तर्गत माओवादी केन्द्र कालिमाटी गाउँ समितिकाे आयाेजनामा संकल्प सभा सम्पन्न भएको छ।

माओवादी केन्द्र कालिमाटी गाउँसमिति अध्यक्ष शालिकराम भट्टराईकाे अध्यक्षता माओवादी केन्द्र केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज नरेश भण्डारीकाे प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माकाे बिशिस्ट आतिथ्यता केन्द्रीय सदस्य तथा कालिमाटी गाउँ समिति इन्चार्ज दिलमाया बुढा प्रदेश सदस्य पुरुषाेत्तम भट्टराई ,जिल्ला समन्वय उप- प्रमुख असुविर बुढाथोकीकाे बिशेष उपस्थिति रहेको संकल्प सभामा सेतीखाेला देखि सिमल चाेक सम्म र्याली गरिएको सभा पुतलीबजारमा काेण सभामा परिणत भएको थियोे ।

जनता संग माओवादी बिशेष रुपान्तरण अभियानबाट संविधान संघियता गणतन्त्र रक्षाकाे लागि नागरिककाे घरदैलोमा माओवादी केन्द्र पुगेकाे र प्रतिगमनकारी शक्तिका विरुद्ध एकजुट हुन आह्वान गर्न आयाेजना गरिएको संकल्प सभामा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएका नेकपा एमाले परित्याग घनश्याम अधिकारी, बुद्धि वीर खडका,हरिकला डाँगी, शुसिला वली नेपाल काँग्रेस नन्दलाल खत्रीलाई ईन्चार्ज नरेश भण्डारी र मन्त्री भिम प्रकाश शर्माले माओवादी केन्द्रमा स्वागत गर्नुभएको थियो ।

यस्तै,घर घरमा माओबादी ,जन जनमा माओबादी भन्ने मुल नाराका साथ सुरु गरिएको पार्टी विशेष रूपान्तरण अभियानको निरन्तरतामा कालिमाटीमा संकल्प सभा विभिन्न नृत्य र झाँकिसहित भब्य रुपमा सम्पन्न भएको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा अभियानको पालिका इन्चार्ज दिलमाया बुढाले जानकारी दिनु भयो।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार, ,  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्