हामी परिक्षण प्रसारणमा छौ

सल्लीबजारमा माओवादी केन्द्रको संकल्प सभा भब्य रुपमा सम्पन्न

गणतन्त्रको रक्षा गर्न माओवादी जनताको बिचमा : देव गुरुङ



सल्यान। नेकपा (माओवादी केन्द्र ) सल्यान बनगाड कुपिण्डे नगर समितिकाे आयाेजनामा जनता संग बिशेष रुपान्तरण अभियान अन्तर्गत संकल्प सभा शुक्रबार बनगाड कुपिण्डे -१ सल्लीबजारमा सम्पन्न भएको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त सभालाई सम्बाेधन गर्दै महासचिव गुरुङले पार्टी सुदृढ नगरे सम्म गणतन्त्र रक्षा नहुने भएकोले गणतन्त्रको रक्षा गर्न पार्टी जनताको बिचमा आएकाे बताउनुभयो ।

अहिले माओवादी पार्टी र माओवादी आन्दोलनबाट प्राप्ति उपलब्धि परिवर्तन उल्टाउन केही तत्वहरु लागि परेकोले यसकालागि गणतन्त्रवादी शक्तिहरु एक जुट हुन आवश्यक रहेकाे बताउनुभयो । माओवादीको नेतृत्वमा देशमा विकास भएकाले परिवर्तन नचहाने प्रतिगामी शक्तीहरु यो व्यवस्थालाई उल्टाउन खोजिरहेको भन्दै उहाले यो व्यवस्था परिवर्तन गरेर फेरीपनि निरंकुश व्यवस्था ल्याउन खोजिएको समेत बताउनु भयो ।

सभालाई पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारी, केन्द्रीय सदस्य ,कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, पार्टी कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, उपाध्यक्ष एबं बनगाड कुपिण्डे नगर प्रमुख कर्ण बहादुर बुढाथोकी ,केन्द्रिय सदस्य तफा जिल्ला संयोजक किर्ति बहादुर पुन प्रकाण्ड कृति बहादुर राना दिप लगायतले सम्बाेधन गर्नुभएको थियोे ।

नेपाली काँग्रेस,नेकपा एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएका केही नव प्रवेशीलाई महासचिव देव गुरुङले पार्टीमा स्वागत गर्नुभएको थियो।सभामा विभिन्न मौलिक साँस्कृतिक झाकीहरु प्रस्तुत गरिएकाे थियोे ।जस अन्तर्गत वडा नम्बर -१ को युवा क्लबको केही मौलिक नाचहरु वडा नम्बर -२ बामेको मौलिक सिङ्गारु नाच , वडा नम्बर -४ को मौलिक सरङ्गे मयुर नाच , वडा नम्बर -५ को लहरे नाच लगायतका कला संकृति झल्किने मौलिक झाकिहरु प्रस्तुत गरिएको थियो ।

माओवादी केन्द्र बनगाड कुपिण्डे नगर समिती अध्यक्ष दुर्गा बहादुुर बुढाथोकीको अध्यक्षतामा भएको सभामा कर्णाली प्रदेश सदस्य कृति बहादुर राना (दिप)ले स्वागत मन्तव्य राख्नु भएको थियो । बनगाड लगायत आसपास बाट हजारौंको उल्लासमय जन सहभागीता रहेको उक्त कार्यक्रमको संचालन जीवन सिंह ठकुरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार, ,  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्