हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । जनता केबुलले दाङको तुलसीपुरमा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। जनता केबुलको तुलसीपुरको आधिकारिक बिक्रेता कपिल ट्रेडर्सको आयोजनामा आज (शनिवार) गणेशपुर पार्कमा एक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरी डिलर,बिक्रेता तथा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम गरेको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका तुलसीपुर अध्यक्ष एवंम कार्यक्रमका प्रमुख अथिति टोप बहादुर घर्तीले जनता केबुलको ४६ बर्षको इतिहासले पनि कम्पनी भरपर्दो हो भन्ने आफुले बुझेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घर्तीले भन्नुभयो,’कम्पनी पुरानो हो,हामी सबैले त्यसको कदर गर्नुपर्छ । र ,कम्पनीले पनि अबका दिनमा यस क्षेत्रको माग अनुरुप कम मुल्यमा गुणस्तरयुक्त तार बजार ल्याएमा उपभोक्ताले समेत राहत पाउने मात्र नभई कम्पनीको समेत सेल्स अझै पक्का बढ्नेछ।’

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै जनता केबुलका बिक्रि प्रमुख एवंम कार्यक्रमका बिशिस्ट अतिथि इन्द्र पोख्रेलले जनता केबुलको नयाँ प्रडक्ट एफ आर एल यस तारले दिने सुरक्षाको बारे प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा तुलसीपुर उधोग बाणीज्य संघका सल्लाहकार उपाध्यक्ष मीन राज वली,दाङ जिल्ला इलेक्ट्रीक ब्यवसायि संघका प्रेस सल्लाहकार तिलकराज वली,तुलसीपुरका पुराना ब्यवसायि गोबर्धन रिजाल, आबिस्कार इलेट्रीसीयन यसोसियसनका अध्यक्ष भरत शर्मा लगायतले सम्बोधन गर्दै कम्पनीले आफनो गुणस्तरमा कमि ल्याउन नहुनेमा जोड दिनुभएको थियो।

जनता केबुलको तुलसीपुर क्षेत्रको आधिकारिक बिक्रेता कपिल ट्रेडर्सका संचालक सन्तोष खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कपिल ट्रेडर्स संचालिका गंगा खड्काले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्दै जनता केबुललाई सबैले माया गरिदिन आग्रह गर्नुभएको थियो।उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक प्रेम बिवस घर्तीले आफ्नो सांगेतिक प्रस्तुति मार्फत सहभागीलाई नचाउनु भएको थियो। सोहि कार्यक्रममा प्राकृतिक कला केन्द्र तुलसीपुरले आफ्नो प्रस्तुति दिएको थियो।

सोही अबसरमा तुलसीपुर आसपासका ६० बढी इलेक्ट्रीसीयनलाई सम्मान स्वरूप ज्याकेट वितरण गरिएको थियो । कार्यक्रमको संचालन चर्चित लोकदोहोरी गायक,नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज एवंम सञ्चारकर्मि प्रेम बिवस घर्तीले गर्नुभएको थियो।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार, ,  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्