हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत।कर्णाली प्रदेश सरकारको एक बर्ष कार्यकाल पुरा भएको अवसरमा मुख्यमन्त्री राजकुमार शर्माले शनिबार वर्ष दिनको कार्य प्रगति सार्वजनिक गर्नुभएको छ।

प्रदेश सरकारले एक बर्ष कार्यकाल पुरा गरेको अवसरमा मुख्यमन्त्री शर्माले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकारहरु संग प्रेस मिट गर्दै प्रगति प्रतिबेदन सार्वजनिक गर्नुभएको हो।

शर्माको नेतृत्वमा एक बर्ष कार्यकाल पुरा गर्दा प्रदेश सरकारबाट आर्थिक वर्ष ०७९/०८० मा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ७८८ वटा सिँचाइ योजना निर्माण कार्य सम्पन्न हुदा

१५ हजार २ सय २० जनाले आशिंक रुपमा रोजगारी प्राप्त गरेको र किसानको १ हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाइ तथा ११५ हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको बताउनु भयो।जसबाट १८ हजार ४ सय ५६ घरधुरी लाभान्वित भएका छन् ।

आर्थिक वर्ष ०८०/०८१ मा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ६२८ वटा सिँचाइ योजना मध्ये ५०५ बटा सिँचाइ योजनाको सम्झौता भई निर्माण कार्य सुरु भएको मुख्यमन्त्री शर्माले बताउनु भयो ।

हिउँदे फलफूल क्षेत्र विस्तारका लागि ४९ हजार ८ सय स्याउ, २६ हजार ४ सय ३६ ओखर, ८ हजार ९ सय किवी र ६ सय ड्रागनफल गरी जम्मा ८५ हजार ७ सय ३६ बिरुवा वितरण गरी करिब २ सय १५ हेक्टर क्षेत्रफल विस्तार भएको छ ।

जसमा ३ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित भएको र दुई सय ५० जनाले १५ दिन बराबरको प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । यस कार्यक्रमबाट ३०० जनालाई पूर्ण स्वरोजगारी सृजना भएको शर्माले बताउनु भयो ।

ब्याज अनुदान कार्यक्रममार्फत ४ करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पुँजी कृषि क्षेत्रमा परिचालन भएको छ । त्यसबाट एक हजार ३५७ जना कृषक प्रत्यक्ष सहभागी भएका छन् । यो कार्यक्रमबाट ८५० जना पूर्ण स्वरोजगार भएका छन् भने ३५७० जनालाई ३ महिना बरावरको आंशिक रोजगारी सृजना भएको छ ।

लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान, र कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रमहरूबाट ४,८३५ घरधुरी लाभान्वित भएका छन्, जसबाट ९४७ जना पूर्ण स्वरोजगार र ४०९६ जनालाई करिब ४ महिना बराबरको आंशिक रोजगारी सृजना भएको छ ।

कृषि व्यवसाय प्रवर्द्धन तथा रोड कोरिडोर कार्यक्रमबाट ३ सय २४ प्लास्टिक घर निर्माण भएका छन् भने ९१ घरधुरी प्रत्यक्ष लाभान्वित भएको छन् । उक्त कार्यक्रमबाट करिब २ सय ६५ जनाले आंशिक रोजगारी प्राप्त गरेका छन् ।

कार्य प्रगति विवरणअनुसार एक वर्षको अवधिमा कर्णालीमा ३३.६२ किलोमिटर सडक कालोपत्रे हुँदा १४९.४१ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ भने ७२५.०५ किलोमिटर नयाँ ट्र्याक खोलिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार, ,  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्