हामी परिक्षण प्रसारणमा छौ

तुलसीपुर उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

आकर्षक गन्तब्यका रुपमा बिकास गर्न मुख्य न्यायधिस पाण्डेको जोड



दाङ। बिहीबार तुलसीपुर उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्याधिस पाण्डेले तुलसीपुरलाई आकर्षक गन्तब्यका रुपमा बिकास गर्न आवश्यक तत्वहरुको पहिचान गर्न जरुरी रहेको बताए ।

उनले कुनै समय पहाडी जिल्लाहरुको निकासको द्धार तुलसीपुर मात्रै नभइ अंचल सदरमुकाम समेत रहेको हुँदा आज यो जिल्लाको प्रमुख प्रशासनिक केन्द्र बन्छ कि, बन्दैन भन्ने अहम सवाल भएको बताए ।

घोराही जिल्ला सदरमुकाम हो भने बिगतको अंचल सदरमुकाम तुलसीपुर अहिले त्यो स्ट्याटसबाट तल झर्यो कि माथि उठ्यो तुलसीपुर प्रशासनिक केन्द्र मात्रै हुने हो कि इलाका प्रशासन मात्रै हुने हो भन्ने कुरा अहम कुराहरु हुन मुख्य न्यायाधिस पाण्डेले भने ।

तुलसीपुर बन्नका लागि टरिगाउँ एयरपोर्टको बिस्तार एउटा त्यस्तै संभावित बिन्दु हुन सक्ने भन्दै मुख्य न्यायाधिक पाण्डेले अर्कौ त्यस्तै बस्तुको पहिचान गरि अगाडि बढ्न जरुरी रहेको बताएका थिए ।
त्यस्तै उनले तुलसीपुर क्षेत्रालाई एउटा शान्त क्षेत्रको रुपमा बिकास गर्न जरुरी रहेको औंल्याए ।

संबृद्धिको चाहाना स्वभाविक हो उनले भनेका थिए तर, सुख र शान्ति पूर्ण संबृद्धि आजको आवश्यकता हो ।’ उनले नयाँ नेतृत्व हरेक क्षेत्रको अपराध न्यूनिकरणमा लाग्न सक्नु पर्ने जोड दिएका थिए ।

नयाँ पुस्तामा बिदेश पलायन हुने क्रम तीब्र बनेको भन्दै मुख्य न्यायाधिस पाण्डेले त्यो रोक्न चुनौती भएपनि युवा ब्यबसायीले चाहेमा धेरै आशाका किरणहरु झुल्कने सक्ने आशा ब्यक्त गरे । त्यस्तै उनले पदको गरिमा दायित्व निर्वाह गरेर मात्रै बढ्ने भन्दै अग्रजको बिरासत जोगाउँदै उद्योगी ब्यबसायीको भावना अनुरुप कार्य सम्पादन गर्न सुझाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नब निर्वाचित अध्यक्ष बिनिल केसीले ब्यबसायिक एकताका लागि संधै एकताबद्ध भएर अगाडि बढ्ने प्रण गरेका थिए ।
निर्वाचनका क्रममा मत बाँडिन सक्छ, तर ब्यबसायिक एकता नबाँडियोस,’ अध्यक्ष केसीले भनेका थिए ‘ मेरो टिममा अहिले युवा अनुहार धेरै आउनु भएको छ र आशा छ उहाँहरुले निर्वाचनमा खटिदा जस्तै जोस जाँगरका साथ खटिनु हुने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले पनि ब्यबसायिक हित र एकतामा जोड दिएका थिए । कार्यक्रमलाई नेपाली काँग्रेसका तुलसीपुर नगरसहसचिव शेषमणी भण्डारी, नेकपा एमालेका नगर सचिव रुपबहादुर खत्री, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष मोहन थापा, दाङ जिल्ला उद्योग बाणिज्य संघका
अध्यक्ष वशन्त जोसी, निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगाएतले नव निर्वाचित पदाधिकारीलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक प्रबीण लम्सालको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रम समारोहको स्वागत निर्वाचन समितिका सदस्य रामशरण चौधरीले गरेका थिए भने सहजीकरण अर्का सदस्य पुष्करबहादुर भण्डारीले गरेका थिय ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार, ,  ११ : १२ बजे

प्रतिक्रिया दिनुहोस्