हामी परिक्षण प्रसारणमा छौ



सल्यान । शारदा नगरपालिकाको आयोजना र मध्यपश्चिमाञ्चल साहित्य परिषद सल्यानको सहकार्यमा भएको सल्यान कला साहित्य संस्कृति तथा पर्यटन प्रबर्द्धन कार्यक्रम–२०८१ सम्पन्न भएको छ।

नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षता तथा भाषा आयोग सदस्य उषा हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रज्ञा प्रतिस्ठानका पुर्ब सदस्य सचिब प्रा.डा. जिबेन्द्रदेब गिरी, नेपाल प्रज्ञा प्रतिस्ठानका परिषद सदस्य डा. मधुसुधन गिरीको समेत उपस्थिति रहेको थियो।

शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद रेग्मी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, मध्यपश्चिमाञ्चल साहित्य परिषदका केन्द्रिय अध्यक्ष समीर शाह,उपाध्यक्ष मनोहर लामिछाने, महासचिव डा. लाल बहादुर खत्री, सल्लाहकारहरु इन्दिरा शाह, डा. पुर्ण भण्डारी पँकज,सचिब बल भद्र भारती,सदस्य डा. कृस्णराज डिसी, सदस्य पुर्ण वली, साहित्यकार गिता कार्की, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न शैक्षिक संस्थाका प्रमुख, तथा प्रधानाध्यापक, शिक्षक, विद्याथी, पत्रकार लगायत साहित्यप्रेमीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वडा नम्बर १ चैवाङको सोरठी, वडा नम्बर ८ मार्केको मयुर नाच र दार्माको टप्पानाच प्रस्तुत गरिनुका साथै राष्ट्रिय मादल बादन प्रतियोगितामा प्रथम सल्यान त्रिवेणीकी सुशिला घर्तीमगरको मादल बाधन, बाँसुरी र सारंगी बाधन संगै साहित्यकारहरुले रचना वाचन गर्नु भएको थियो ।सल्यान जिल्लाको कला साहित्यका विषमा २ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

नगरका शिक्षा शाखा प्रमुख लिलाधर बबाललको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रा.डा. जिबेन्द्रदेब गिरी, डा. मधुसुधन गिरी, माननीय उषा हमालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले शारदा नगरपालिकाले कला साहित्यको जर्गेना र उन्ननयनका लागि गरेको कामको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै नगर प्रमुख भण्डारीले सल्यान जिल्लालाई कला साहित्यको माध्यमबाट चिनाउनको लागि साहित्यकारहरुलाई आग्रह गर्नुका साथै कार्यक्रम सफल बनाउन भूमिका खेल्ने मध्यपश्चिमाञ्चल साहित्य परिषद सल्यान शाखा लगायत सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमको सहजीकरण विष्णु शर्माले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरु र सहभागी कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार, ,  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्