छिमेकी मुलुक भारतमा भर्खर आम निर्वाचन सम्पन्न भएको छ । त्यसको रुझान नेपालको राजनीति वृत्तमा देख्न सकिन्छ। भारतमा मोदि नेतृत्वको भाजपाले लोकतान्त्रिक अभ्यास होइन,धार्मिक फाँसिवाद चलाइरहेको भारतकै बुद्धिजीवी ले भनिरहेका छन। यसरी हेर्दा भारतको मतपरिणामको पक्षधरता प्रष्ट छ । विश्व भु-राजनितिक अवस्थाका कारण भारत नेपाल माथि सोझै हस्तक्षेप गर्ने मुडमा छैन ।
त्यसैले भारत नेपालमा योजनाबद्ध रणनीतिक रुपमा राजनीतिक हस्तक्षेप बढाइरहेको छ। भारत नेपालमा स्थिरता सुदृढता एकता विकाश समृद्धि भएको हेर्न चाँहादैन । भारत नेपालमा राजनीतिक अराजकता अस्थिरता को स्थिति चाहन्छ। भारत यो बनाउन चाहान्छ कि एकदिन भारतकै एजेन्डा नेपाली जनताहरुले पनि समर्थन गरून्। त्यसैले यो अराजकता अस्थिरता र भद्रगोलले नेपालि राजनीतिक दल र विद्यमान राजनीतिक प्रणालिले नेपालमा काम गरेन भन्ने निष्कर्षमा नेपाली जनता पुगुन र नेपाली जनताले यो ब्यवस्था लाई तिरष्कृत गरून् भन्ने चाहान्छ र पटक पटक नेपालमा अस्थिरता को कार्ड फालि रहन्छ। नेपालमा दल र ब्यवस्था बिरुद्ध को आवाज बढदो छ यो कुरा भारतले राम्रोसँग बुझेको छ । भारतले यहीँ टेकेर नेपाली जनताको नैतिक समर्थन खोजिरहेको छ। त्यो सार्थकतामा बदलिएको दिन नेपालमा ठुलो प्रतिगमन फर्किने छ र नेपालमा पश्चगामि शक्ति हावि हुनेछन। राजनीतिक संघर्षबाट प्राप्त उपलब्धि र अधिकारहरु लुटिनेछन क्रान्तिकारी शक्तिहरु प्रतिगमन उल्टिदा कमजोर र निर्दा हुनेछन।
जो विज्ञान को नियम पनि हो र वास्तवमा नेपाल चरम धार्मिक फाँसिवाद को दलदल फस्नेछ। भारतको अन्तिम लक्ष यहि हो। यो लक्ष पूरा नहुदा सम्म भारत नेपाल मा अस्थिरताको खेति गरिरहन्छ। आज नेपालमा देखियको परिदृष्य यहि हो। नेपाली समाजमा एउटा भनाई छ “अरु लाई दोष लगाउनु भन्दा आफ्नै थैलिको मुख बन्द गर्नु”जहिले पनि मुख्य र प्रधान कारण आन्तरिक नै हुन्छ ।
माथि चर्चा गरिएको बिषय साहयक हो। प्रधान आन्तरिक नै हो। प्रधान त आन्तरिक नै हुन्छ कुनै पनि मुलुक बन्नका लागि मुलत ब्यवस्थाको कुरा आउँछ ।सिस्टमको कुरा आउँछ। सिस्टम कसरी चल्छ? भन्ने हुन्छ,सिस्सटम जनता प्रति उत्तरदायी छ कि छैन?प्रणालि जनताको जीवन रक्षाका लागि सक्षम छ कि छैन? त्यहाँ को नेतृत्व के का लागि गरिन्छ र कसका लागि गरिन्छ? त्यो कुरा मुल कुरा हो बितेका पछिल्ला १०/२०बर्षमा नेपाल मा के के गरियो? के के गरियन ? त्यो सर्वनग्न छ अग्रमन गतिशील चिज हो। अग्रगमन अगाडि बढने कुरा हो ।कहिलेकाहीँ अग्रगम अगाडि बढने ठाउँ पाएन भने पछाडि फर्किन्छ र पश्चगमन मा विलय भएर हराउँछ,जो असाध्यै दर्दनाक र पिडादायिक हुन्छ।
हाल विकसित राजनीतिक परिघटना त्यहि कुराको झल्को दिन्छ ।यो अराजकता र अस्थिरताले मृत्यु भएको मानिस त भौतिक रुपले फर्किदैन नै कहिले काहिँ मृत्युु भैसकेकै मानिस संग काटिकुटि मुखाकृत मिल्ने मानिस पनि जन्मिएको हामी देख्छौँ। कतै महेन्द्रका भेडाहरुले चिहान उधिनेर काटिकुटि उस्तै द्रुस्तै एउटा लठुवा लाई नारायणहिटि भित्र हुले भने कम्तिमा चेत भएका मानिसहरुले आठौं आचार्य मान्नु हुँदैन।