हामी परिक्षण प्रसारणमा छौ



२४ फागुन २०७७ । रोल्पाको गंगादेव गाउँपालिकामा विभिन्न कार्यक्रम गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । नारी दिवसको अबसरमा पालिकाले आमा समुहहरुको सहभागीतामा घैटाफोर र कुर्सी डौड प्रतियोगिता समेत आयोजना गरेको थियो ।

गाउँपालिका उपाध्यक्ष रिता घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतको समेत उपस्थिति रहेको थियो ।

प्रत्येक आमा समुह बाट ३/३ जनाको सहभागीतामा विभिन्न प्रतियोगिता कार्यक्रम भएका थिए । वटा आमा समुहले भाग लिएका थिए घैटाफोर प्रतियोगितामा नवजीवन आमा समुहकी जानकी डाँगी प्रथम हुनु भएको थियो । उहाँले नगद रु २००० र प्रमाणपत्र पाउनु भएको छ ।

यस्तै कुर्सी डौड प्रतियोगितामा जलजला आमा समुहकी सीता वली प्रथम ,बिजयधुरी आमा समुहकी अनिता खत्री दोस्रो ,प्रगतिशील आमा समुहकी बिनिता वली थापा तेस्रो र सिर्जनशील आमा समुहकी गायत्री पुन मगर चौथो हुनु भएको थियो । बिजेतालाई गाउँपालिकाले क्रमश २ हजार ,एक हजार ५ सय ,१ हजार र ५ सय नगद तथा प्रमाणपत्रले सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले महिलाहरुले नै महिला माथी हिंसा गरेका घटनाहरु देखा पर्नु दुःखद भएको बताउनु भएको छ । उहाँले पढ्ने चेलीबेटीहरुलाई बिबाहको घरपरिवारबाट दवाव आए तत्काल पालिकालाइ खबर गर्न शुझाव समेत दिनु भएको छ । गाउँपालिका उपाध्यक्ष रिता घर्तिले बाल बिबाह र सामाजिक बिकृती रोक्नु पर्ने बताउनु भएको छ । उहाँले कार्यक्रम सहभागी जनाउने सबै धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष भुपाल दमाई,३ का अध्यक्ष जलेश कुमार केसि,५ का अध्यक्ष मान बहादुर डाँगी,कार्यपालिका सदस्यहरु धनमाली खड्का ,लक्ष्मी बुढा ,निर्मला खड्का ,टीका बिक,लेखा शाखा प्रमुख भरत बस्नेत ,योजना शाखा प्रमुख कृष्ण बहादुर घर्ती,प्राबिधिक शाखा प्रमुख रमेश डागी,सूचना प्रबिधि अधिकृत प्रेम प्रकाश वली, आ.ले.प शाखा प्रमुख उदय प्रकाश वलीको उपस्थिति रहेको थियो ।
यस्तै भण्डार शाखा एवम् भेटेनरी शाखा प्रमुख कमल राज पुन, कार्यक्रम शाखा प्रमुख सुशील वली,पन्जिकरण शाखा प्रमुख तिर्थराज वली, खानेपानी शाखा प्रमुख बल बहादुर बस्नेत ,महिला बिकास शाखा प्रमुख सुनिता चौधरी , शिक्षा शाखा प्रमुख शेर बहादुर डागी, स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्ती,कृषि बिकास शाखा प्रमुख टीका राम वली, वडा सदस्य कमल प्रकाश खत्री ,रितु परियार, केसरी दमाई लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रम बोल्ने बक्ताहरुले नारीहरु आफ्नो अधिकार र कर्तव्य पूरा गर्न एकता बद्द भएर अगाडि बड्नु पर्ने कुरामा जोड दिएका थिए । महिला बिकास शाखा प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको उक्त कार्यक्रमको संञ्चालन गाउँपालिकाका प्रेस संयोजक अशोक वली (परिवर्तन) ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार, ,  ११ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्