सल्यान । बागचाैर नगरपालिकाकाे आयोजनामा वडा नं. ७ तथा नगरपालिकामा कार्यरत विभिन्न साझेदार संस्थाहरुकाे समन्वयमा ३३ औँ अन्तराष्ट्रिय अपांगता दिवस तथा लैंगिक हिंसा विरूद्धकाे १६ दिने अभियानको अवसरमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराका साथ बागचाैर नगरपालिका वडा नं. ७ टाट्केमा दिवस मनाइएको हो ।
अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरूकाे सहभागितामा र्यालि सूरू भई वजार परिक्रमा गरि वडा कार्यालयमा सभामा परिनत भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतमले संविधानले अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य व्यक्तिसरह सम्पूर्ण अधिकारको सुनिश्चित गरेकाे बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुमा रहेको अन्तरनिहित क्षमता, सीप र दक्षतालाई नगरपालिकाको विकास र समृद्धि संग जाेडन आवश्यक रहेकाे उहाँको भनाइ छ । नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत त्यस्ता व्यक्तिहरूलाई सधै सहयाेग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । साथै लैंगिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे वारेमा जनचेतना जगाई त्यस्ता लैंगिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जाेड दिनुभयो ।
वडा नं. ७ का वडा अध्यक्ष प्रेम वहादुर डि.सी.काे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि वडा सदस्य डिल्ली वलि , SUSHA परियाेजनाका वास संयाेजक विरेन्द्र जाेशि, CMC Nepal का गाेपाल वुढाथाेकि , नेपाल नेत्र ज्याेति संघका सामुदायिक भरत देवकाेटा ,बाल कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रपानी गाैतम, शिक्षक, पत्रकार, विद्यार्थी, अभिभावक, अपांगता भएका व्यक्तिहरु, नगर प्रहरी, बुद्धिजीवी, समाजसेवी लगायत नगर वासीहरुकाे उपस्थिति रहेको थियाे ।
अपांगता भएका व्यक्ति तथा सराेकारवाला निकाएहरू विच अर्न्तक्रिया कार्यक्रम समेत गरिएकाे थियाे भने अपांताका सवालहरूमा उठेका प्रश्नहरूकाे जवाफ वडा अध्यक्ष प्रेम वहादुर डि.सी., वास संयाेजक विरेन्द्र जाेशि र नेपाल नेत्र ज्याेति संघका सामुदायिक संयाेजक भरत देवकाेटाले दिनु भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण वास सामजिक परिचालक चुडामणि वलीले गर्नुभएको थियाे ।