हामी परिक्षण प्रसारणमा छौ



सल्यान । प्रेस सेन्टर नेपाल सल्यान जिल्लाको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

शुक्रबार सल्यान खलंगामा सम्पन्न अधिवेशनले सरिता  चलाउनेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको हो । जसको उपाध्यक्षमा महेश कुमार वली (समिरश्री) र महिला उपाध्यक्षमा खिमा बोहरा चयन हुनुभएको छ। त्यस्तै सचिवमा अमृतबाबु बुढाथोकी, सहसचिवमा कमल धिताल ,प्रदिप मगर र कोषाध्यक्षमा राम प्रसाद शर्मा चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा नबिन रावत,महेश वली,चन्द्र प्रकाश वली,महेश बिक चयन हुनुभएको प्रेस सेन्टरका कर्णाली प्रदेशका सचिव तिलक राज वलीले जानकारी दिनुभयो ।
नयाँ कार्यसमितिले स्थानीय स्तरमा देखिएका चुनौतीहरूको समाधानमा केन्द्रीत हुने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष सरिता चलाउनेले आफ्नो नेतृत्वमा प्रेस सेन्टर नेपाल सल्यानलाई थप व्यवसायिक र जिम्मेवार बनाउँदै आफ्नो टिम अघि बढ्ने  बताउनुभयो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले पत्रकारहरुले निष्पक्ष भएर पेशागत मर्यादा र आचारसंहितामा रहेर निष्ठाको पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको थियो। प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) सल्यानका संयोजक मानबहादुर मल्लले परिवर्तनका कालखण्डमा सल्यानको प्रेस सेन्टरले खेलेको महत्वपूर्ण भूमिकाक त्यो इतिहासलाई सल्यानका अबको पुस्ताको पत्रकारले नभूल्न आग्रह गर्नुभयो ।उहाँले प्रविधिको नयाँ प्रबिधिसँगै अबको पत्रकारिता गर्दा इमान, निष्ठा,अनुसासित र पत्रकारिताको मुल मर्म अनुसारको पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो ।

प्रेस सेन्टर नेपाल सल्यानका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दिपक शर्मा,प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रतीक इच्छुक शर्मा,प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश सचिव तिलक राज वली,प्रेस युनियन नेपाल सल्यान जिल्ला अध्यक्ष लोकमान चन्द,प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष प्रकाश भण्डारी,समाजबादी प्रेस संगठनका सल्यान जिल्ला अध्यक्ष बुद्धिमान पुन,जनपत्रकारका केन्द्रीय सदस्य खकेन्द्र केसी  लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उपाध्यक्ष सरिता चलाउनेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार, ,  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्