सल्यान। अखिल क्रान्तिकारीको उपमहासचिवमा सल्यानका रमेश बुढाथोकीले उम्मेदवारी दिनुभएको छ। नयाँ नेतृत्वको लागि यही आज हुन लागेको चुनावमा कर्णालीबाट बुढाथोकीले उम्मेदवारी दिनुभएको हो ।नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्वको लागि आज ७ प्रदेशमा र २ भुगोल प्रदेशसहित ९ स्थानमा चुनाव हुन लागेको हो ।
सल्यानि विद्यार्थी आन्दोलनमा आफ्नो पहिचान बनाउन सफल सक्रिय बुढाथोकीले कक्षा ५ मा पढ्दैगर्दा तत्कालिन विद्यार्थी नेता यज्ञ गिरीबाट २०६० सालमा सदस्यता लिनुभएको थियो । ६१ मा इकाइ कमिटी सचिव बनेका उनि ६४ मा अध्यक्ष बन्न सफल रमेश २०६६ मा मावि इकाइको अध्यक्ष बनेर ७० मा शितल क्याम्पस चौरजहारी रूकुमको क्याम्पसको अध्यक्ष बन्नुभएको थियो।
क्याम्पस अध्यक्ष पश्चात २०७१ सालमा रूकुम जिल्ला समिति सदस्य बनेका रमेश २०७२ सालमा सल्यानको कोषाध्यक्ष बनेर सल्यान जिल्लाको विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो। त्यसैगरी २०७४ सालमा नेकपा हुदा अनेरास्ववियूको कार्यालय सदस्य रहनुभएका उहाँ जिल्लाको १८ औं जिल्ला सम्मेलनबाट प्रदेश प्रतिनिधि हुदै प्रदेश सचिवालय भएर संगठनको समस्याग्रस्त समयमा ०७८ मा जिल्ला अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो ।२०८० मा केन्द्रिय सदस्य बनेका उहाँ अहिले कर्णालीको तर्फबाट उपमहासचिवको उम्मेद्वार बन्नुभएको छ ।
संगठन निर्माण तथा विद्यार्थीका मुद्दा लिएर बस्ती स्तरमा पुगेका रमेशले शिक्षक विद्यार्थीको विवाद समाधान, शिक्षासंग सरोकार राख्नेहरूका विचमा पैरवी गर्ने जस्ता काम गरेका छन । सल्यान जिल्ला अध्यक्ष भएर शिक्षा क्षेत्रमा मौलाइरहेका विकृति विसंगतिविरुद्ध निरन्तर लड्दै आएका बुढाथोकी यसअघि संगठनको केन्द्रीय सदस्य समेत भएर विद्यार्थीको केन्द्रीय राजनीतिको अनुभव समेत समालेको अनुभव छ।
आफ्नो विषय राख्न अव्वल उनि २०५० सालमा कुमाख ५ कालागाउँमा जन्मनुभएका रमेशका बुवा चिरन्जिवीका नाममा जनयुद्धकालमा भुमिगत भएर माओवादी अन्दोलनमा कृयाशिल थियो । जनयुद्धको चरम उत्कर्षको समयमा २०५५ सालमा माओवादीले बुबालाइ कार्यक्रममा लिएको थाहा पाएका रमेशले प्रहरी घरमा पुग्दा बुवा माओवादी भैसके भनेर भनेकोले आफ्नो परिवार नै माओवादीको परिवार भएको उहाँको स्मरण छ । ठुलो परिवार, कमजोर अर्थिक स्थितीका कारण तनावका विच संघर्षपूर्ण जिवन विताएका रमेशसंग संगठन नेतृत्वको उल्लेखनिय कला छ ।
उनले आफ्नो उम्मेदवारी वर्तमान परिस्थितिमा राजनीति प्रतिको बढ्दो वितृष्णालाई चिर्ने उद्देश्यका साथ सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा देखापरेका तमामखाले विकृति र विसंगतीविरुद्द सशक्त आवाज बुलन्दको लागि भएको बताए ।
आफुलाइ मत दिन यस्तो छ रमेशको अपिल!
नेपालको शिक्षा प्रणालीलाई निजीकरणबाट मुक्त गराउँदै निःशुल्क र वैज्ञानिक शिक्षा, वर्तमान शैक्षिक पाठ्यक्रमलाई आजको युग सुहाउदो श्रम, उत्पादन र रोजगारसँग जोड्न, संगठनलाई जुझारु, एकतावद्ध र चलायमान बनाउन आफूले भूमिका खेल्ने बताउँदै आफूलाई मतदान गर्न सम्पूर्ण प्रतिनिधिहरुसँग अपील समेत गर्नुभएको छ।(अनलाइन तहल्काको सहयोगमा)