दाङ। सल्यान जिल्लामा जन्म भई हाल दाङको तुलसीपुरमा बसोबास गर्दै आएका सल्यानीहरूको पहलमा ‘खिर महोत्सव–२०८३’ हुने भएको छ।

आज बिहान तुलसीपुरमा बसेको आयोजक समितिको बैठकले भोलि दिउँसो १ बजे राप्ती शान्ति उद्यान पार्क, गणेशपुरमा महोत्सव सञ्चालन गर्ने निर्णय गरेको आयोजक बामदेव अधिकारीले जानकारी दिनुभयो।

आयोजकका अनुसार कार्यक्रममा दाङ तुलसीुरमा बसोबास गर्दै आएका सल्यानीहरूका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।

सल्यानबाट दाङमा बसाइँ सरी विभिन्न पेशा, व्यवसाय, सेवा तथा अन्य क्षेत्रमा आबद्ध व्यक्तिहरूबीच आपसी चिनजान, सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले खिर महोत्सव आयोजना गरिएको आयोजक नेत्र ओलीले बताउनुभयो।

आयोजकले कार्यक्रममा सहभागी भई महोत्सवलाई सफल बनाउन सम्पूर्ण सल्यानी समुदाय तथा शुभेच्छुकहरूलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्