सल्यान । छत्रेश्वरी गाउँपालिका–३ सानानचौरका सामाजिक तथा राजनीतिक व्यक्तित्व योगीले आफ्नो ४३औँ जन्मदिन मानवसेवासँग जोडेर मनाएका छन्।

जन्मदिनको अवसरमा उनले बुद्धचित्तको बिरुवा रोप्नुका साथै आर्थिक अभावमा उपचार गराइरहेकी बागचौरकी चार वर्षीया बालिकालाई आर्थिक सहयोग गरेका छन्।नियमित रक्तदाता योगीले हालसम्म २८ पटक रक्तदान गरिसकेका छन्। जन्मदिनकै अवसरमा विश्व रक्तदाता संगठन नेपाल (WBDON) ले उनलाई सल्यान जिल्ला संयोजकको जिम्मेवारीसमेत दिएको छ।

नयाँ जिम्मेवारीपछि योगीले जिल्लामा रक्तदान अभियानलाई अझ व्यापक बनाउँदै आवश्यक परेका बिरामीलाई रगत उपलब्ध गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय योगी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा समेत रहँदै आएका छन्। राजनीति, सामाजिक सेवा र मानवसेवालाई सँगसँगै अघि बढाउँदै आएका योगीले जन्मदिनमा गरेको सेवामूलक कार्यको प्रशंसा भएको छ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १२ : ५० बजे

प्रतिक्रिया दिनुहोस्