हामी परिक्षण प्रसारणमा छौ

छत्रेश्वरी गाउँपालिकाले ७ वटै वडामा कोरोना परिक्षण गर्ने

यस्तो छ ,एन्टिजेन परिक्षण हुने दिन,समय र स्थान



४ जेठ,सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले सबै वडाका आफ्ना नागरिकलाई एन्टिजेन विधि मार्फत कोरोना परिक्षण गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार तिब्र रुपमा फैलिएको कोभिड– १९ बाट संक्रमीत हुने र मृत्यु हुने दर आफ्नो गाउँपालिकामा बढ्दो रुपमा रहेको भन्दै बुधबारबाट हरेक वडाका नागरिकको कोरोना परिक्षण गर्ने तयारी गरेको छ ।

गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै भनेको छ, ‘ तिब्र रुपमा फैलिएको कोभिड– १९ बाट संक्रमीत हुने र मृत्यु हुने दर बढ्दो रुपमा रहेको छ । सोही अनुसार कोभिड जित्नेको संख्या समेत राम्रो देखिएको छ । यसै सन्दर्भमा कोभिडको संक्रमण हुँदा देखिने लक्षण सहितका बिरामीहरु यस गाउँपालिकाको सम्पुर्ण वडामा देखिनु भएको छ । बिरामीहरुलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी, औषधि तथा परामर्श सहित एन्टिजेन परिक्षण हुने भएकाले सम्बन्धित वडाका सम्पुर्ण बिरामी हरुकालागी यो सूचना प्रकासित गरिएको छ ।’

 

यस्तो छ ,एन्टिजेन परिक्षण हुने दिन,समय र स्थान :

– वडा नम्बर १ का लागि भानुभक्त माबी दमाचौरमा ५ गते बिहान १० बजेदेखी १ बजेसम्म

– वडा नम्बर २ का लागि भगवती आधारभुत बिधालय दहखोलामा ५ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म

वडा नम्बर ५ का लागि महेन्द्र माबी पाखापानीमा ६ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म

– वडा नम्बर ४ का लागि वडा कार्यालय जयचौरमा ७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म

– वडा नम्बर ३ का लागि जानकी माबी दोहलीमा ७ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म

– वडा नम्बर ७ का लागि वडा कार्यालयमा ८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म

– वडा नम्बर ६ का लागि छायाक्षेत्र स्वास्थ्य चौकीमा दिउँसो २ बजेदेखि ५ बजेसम्म

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार, ,  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्