हामी परिक्षण प्रसारणमा छौ



४ जेठ । नयाँ भेरियन्ट सहितको कोरोनाले अत्यधिक प्रभावित बनेको भारतले कोभिड‐१९ विरुद्धको औषधि सार्वजनिक गरेको छ ।
भारत सरकारले शोमबार जनाए अनुसार डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ) ले विकास गरेको औषधि भारत सरकारले सार्वजनिक गरेको हो । भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवर्धनले कोभिड‐१९ विरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ नामक औषधि सार्वजनिक उक्त औषधीले कारोना महामारी विरुद्ध लड्न सहयोग पुग्ने भारतका विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

२ डिजी औषधिको दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको उक्त धुलोको रुपमा आउने औषधीलाई पानीमा घोलेर खाने गरी तयार गरिएको जनाइएको छ । भारतको डीआरडीओको इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेजले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा औषधि विकास गरेको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार, ,  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्