हामी परिक्षण प्रसारणमा छौ



४ जेठ,काठमाडौं । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोगका निम्ति आर्थिक सहयोग संकलन सुरु गरेका छन् ।

शोमबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगबाट प्राप्त भएको रकम कोरोना नियन्त्रण तथा रोकथामका साथै संक्रमितहरूको उपचारका निम्ति उपलब्ध गराउने जानकारी दिदै सहयोगका निम्ति सबैसमक्ष अपिल गरेका छन् ।

सन्दीपले अभियानको प्रारम्भ गर्दै ’टिम सन्दीप लामिछाने’का तर्फबाट तीन लाख जम्मा गरिएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकममा शोमबार सहयोगका लागि सबैसमक्ष गरेको सार्बजनिक अपील यस्तो छ ।

‘विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९को सङ्क्रमण र यसबाट मृत्यु हुनेको सङ्ख्या नेपालमा तीव्र गतिमा बढेसँगै सारा जनता र सिङ्गो देशले भयावह स्थितिको सामना गर्नुपर्ने निकै कठिन एवम् चुनौतीपूर्ण समय आएको छ । सीमित अस्पताल एवम् भएका अस्पतालमा पनि बेड, आइसियु ,भेन्टिलेटर, अक्सिजन सिलिन्डरको अभावका कारण दिनहुँ सयौँ निर्दोष नेपालीले ज्यान गुमाउनु परेको छ । जताततै त्रास नै त्रास छाएको छ । करिब ३ करोड जनसङ्ख्या रहेको हाम्रो देश नेपालमा दिनहुँ हजार भन्दा बढी सङ्क्रमित, एवम् सयभन्दा बढीको मृत्यु हुनु निकै दुखद् कुरा हो । अनियन्त्रितजस्तै हुँदै गएको यस विषम परिस्थितिमा तपाईं हामी सबैले दृढ आत्मबलका साथ फेरि एकचोटि नेपाल र नेपाली जनताका निम्ति, हामी सबैका निम्ति , एकजुट भई आपसी सद्भाव र सहकार्यले यस कठिन समयको सामना गर्नु पर्ने बेला आएको छ । हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौँ ।

तसर्थ यसका निम्ति एकजुट भई आ–आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभ चिन्तकहरूमा हार्दिक अनुरोध गर्दछु । सहयोगका निम्ति आजै मात्र एउटा नयाँ बैंक खाता खोलेको छु र यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम ,नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु । सङ्कलन गरिएको रकमको सम्पूर्ण अपडेट ’टिम सन्दीप लामिछाने ’ ले गर्ने छन् । सहयोगबाट प्राप्त रकम स्थानीय निकाय÷ प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र ÷ स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जानकारी गराउन चाहन्छौँ ।’

Bank Name: Century Commercial Bank Limited

Account Name: Sandeep Lamichhane

Account Number: 0170000353CA

Branch: Koteshwor, Kathmandu
Swift Code: CCBNNPKA

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार, ,  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्