हामी परिक्षण प्रसारणमा छौ



जेठ ६,सल्यान । सल्यानमा कोरोना संक्रमित थप ५ जनाको मृत्यु भएको छ ।

बितेका २४ घण्टामा मृत्यु हुनेमा कपुरकोट गाउँपालिकाका २ जना, बागचौर नगरपालिकाका २ जना र शारदा नगरपालिकाका १ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जसमध्ये,कपुरकोट गाउँपालिका वडा नम्बर‐३,का ६८ र ७० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको कपुरकोट गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिए । फोकल पर्सन सेनका अनुसार कोरोना भाइरस पुष्टि भएपछि दुवै होम आइसोलेसनमा बसेका थिए ।

त्यस्तै, बागचौर नगरपालिका वडा नम्बर ‐१, का ५७ वर्षीय पुरुषको बिहीबार बिहान थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार बागचौर नगरपालिका‐२,निवासी ६० वर्षीय पुरुष र शारदा नगरपालिका वडा नम्बर‐४, का ६४ वर्षीय पुरुषको सल्यान जिल्ला अस्पतालमा गएराती मृत्यु भएको थियो । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट सल्यान जिल्लामा हालसम्म ३२ जनाको मृत्यु भइसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार, ,  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्