हामी परिक्षण प्रसारणमा छौ



१३ जेठ,सल्यान । सल्यानको बागचौर नगरपालिकालाई सल्यान जेसिजले बुधबार स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीको यो विषम परिस्थितिमा यसको रोकथाम तथा उपचारमा नगरपपालिकालार्य सहयोग होस् भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जेसिजले जनाएको छ ।

सल्यान जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि मोहन सारुको नेतृत्वमा गएको टोलीले नगरप्रमुख लोकमान बुढाथोकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कोरोना भाइरसलाई सामुहिक लडाइले मात्रै पराजित गर्न सकिने भएकाले यसको रोकथाम र उपचारको लागि स्वास्थ्य सामाग्री सहयोग गरेकोमा सल्यान जेसिजलाई धन्यवाद दिदै मेयर लोकमान बुढाथोकीले यो बिपत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने धारणा राखेका थिए ।

सल्यान जेसिज बर्ष २०२१ का महासचिव दिपक कुमार बोहराले सहजीकरण गरेको उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख कल्पना पुन, सल्यान जेसिज बर्ष २०२० का अध्यक्ष जेसि घनश्याम अधिकारी, बर्ष २०२१ का तालिम निर्देशक जेसि डम्बर केसी लगाएतको सहभागिता रहेको थियो । सल्यान जेसिजद्धारा नगरपालिकालाई हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा माक्स, स्यानिटाइजर, ग्लोब्स, फेस सिल्ड लगाएतका रहेको नगरपालिकाले जनाएको छ ।

१२ नं. वडा कार्यालय बाँफुखोलालाई ओलीको सहयोग

त्यस्तै बागचौर नगरपालिकाको १२ नं.वडा कार्यालयलाई युवा व्यवसायी तथा मिडियाकर्मी केशरसिंङ ओलीले स्वास्थ्य सामाग्री हस्तारन्तरण गरेका छन् ।

राप्ती मिडिया नेपालका संञ्चालक तथा युवा व्यवसायी केशरसिंङ ओलीले २५ सय थान सर्जिकल माक्स र १४० थान सेनिटाइजर वडा अध्यक्ष दीपक ओलीलाई हस्तारन्तर गरेका थिए । कोरोनाको दोस्रो लहरमा वडा कार्यालयलाई कोरोना बिरुद्ध लड्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको भन्दै वडा अध्यले ओलीले केशरसिंङ ओलीलाई धन्यवाद दिएका थिए । उक्त सहयोग सामाग्री आवश्यकताका आधारमा सम्पूर्ण वडा बासीलाई बितरण गरीने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार, ,  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्