हामी परिक्षण प्रसारणमा छौ



१३जेठ,दाङ । बेनीबाट सल्यान कपुरकोटका लागि छुटेको यात्रुबहाक जिप दाङको बेलझुण्डीमा दुर्घटनामा परेको छ । बेनीबाट १२ जना यात्रु ल्याएर आएको रा १ ज ५१५ नम्बरको जीप आज(विहीबार) तुलसीपुर १८ रङ्गशाला नजिकै अपरान्ह ४ बजेतिर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाईते हुनेमा ललित बिक, गगन बाँठा, सन्तोष बिक र दोर्ण बिक घाईते रहेका छन् । त्यस्तै,घाइते मध्ये सन्तोष बिक र दोर्ण बिकलाई गम्भिर चोट लागेको छ । घाईतेहरु सबै कपुरकोट गाउँपालिकका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । साथै घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार, ,  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्