हामी परिक्षण प्रसारणमा छौ



सल्यान : तपाई मध्ये कोहीमा नेपाल प्रहरीमा भर्ना भई देशको सेवा गर्ने इच्छा छ ? छ भने अब त्यसको लागि सल्यान जिल्ला मै प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको छ ।
जिल्ला प्रहरी कायार्लय सल्यानका अनुसार कात्तिक १६ देखि मंसिर २३ सम्म जवान पदका लागि फारम भर्न सकिने छ ।

 

प्रहरी जवानका लागि न्यूनतम योग्यता कति ?

जिल्ला प्रहरी कायार्लय सल्यानका प्रवक्ता तथा इनिस्पेक्टर लक्ष्मण ओलीका अनुसारप्र हरी जवान पदका लागि न्यूनतम योग्यताका रुपमा दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने ।

यस्तै दरखास्त दिनको लागि न्यूनतम ८ कक्षा वा सो सरह उत्तीर्ण भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको व्यक्ति हुनुपर्ने छ । यसैगरी दरखास्त दिने व्यक्ति कुनैपनि राजनीतिक दल तथा आतङ्ककारी सङ्गठनको सदस्य नरहेको हुनुका साथै भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको व्यक्ति हुनुपर्ने छ ।

 

प्रहरी जवामा हुनलाई शारिरीक रुपमा कस्तो हुनुपर्ला ?

जिल्ला प्रहरी कायार्लय सल्यानका प्रवक्ता तथा इनिस्पेक्टर लक्ष्मण ओलीका अनुसार दरखास्त दिने व्यक्तिको आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको हुनुपर्ने छ । पुरुषको हकमा घटीमा उचाई ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी. हुन जरुरी छ ।
यस्तै महिलाको हकमा घटीमा उचाई ५ फिट, तौल ४२ के.जी. भएको हुनुपर्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्