हामी परिक्षण प्रसारणमा छौ



१४ जेठ,सल्यान । केहिदिन अघि दार्मा गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र दार्मा गाउँपालिकाका इन्चार्ज निमबहादुर केसी (अरुण)ले सत्तारुढ नेकपा एमाले सम्बद्ध कर्णाली प्रदेश (क) का सांसद गुलाबजंग शाहले दार्माको लागि आएको करिब ८ करोड बजेट आफ्नो क्षेत्रमा रकमान्तर गरेको भन्दै गरेको टिप्पनीले यतिबेला सामाजिक सञ्जाल तातेको छ ।

बजेट रकमान्तर सहितको कुरालाई उजागर गर्दै दार्मा गाउँपालिकाका अध्यक्ष अरुणले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस यसरी लेखेका थिए ।

अरुणको स्टाटस फेसबुकमा आएलगत्तै त्यसमा कमेन्ट गर्दै प्रदेश सांसद गुलाबजंग शाहका स्वकीय सचिव रामबहादुर केसीले जवाफमा यो सब भ्रमपूर्ण भन्दै लामो खण्डन गरेका थिए ।

स्वकीय सचिव रामबहादुर केसीले कमेन्ट गर्दै लेखेका थिए,

‘यो सब भ्रम मात्रै हुन जसरी आफुले गाउपालिकाबाट कोटेशन वा योजना दिई कमिशन खाय झै सोच्नु भको होला गुलाव जंग शाहलाई कुन योजनामा को मान्छे समितिमा छ समेत थाहा हुदैन भने उहाले कसरी आफ्नो मान्छेलाई काम दिनु भो यसरी जिम्मेवार मान्छेले भ्रमको खेति नगरौ आफ्नो दक्ष र गक्ष अनुसार चलौ राजनीति कसैलाई आरोप प्रत्यारोप गरेर माथि उठदैन होला कसको कुन हैसियत हो हिजो आज भोलि त्यो जन्ताले राम्रोसँग बुझेकाछन हिजो सडकमा हुनेहरुका आज कसरी महल ठडिय त्यो त जन्ताले राम्रोसँग चिनेका छन बुझेका छन आफुले झै प्रदेशबाट आयका योजजाहरु ती योजना गुलावले हालेका हुन कहि कतै उनका मान्छे काममा सहभागी भय भने पेल्नुपर्छ भनेर कार्यालयहरु चारे झै अरुलाई नसोचे हुन्छ तपाईहरुको ठाउमा परेका योजनाहरु माननीय ज्युले काटनु भको हैन त्यो सबै बनावटी ढगबाट बाहिर आकाछन त्यो कसरी भयो किन भयो झर्लङ छन जसले एउटा गाउपालिकामा कृषि जेटियलाई राखेर कमिशन उठाउने नाममा प्रशासकिय अधिकृत थमौति गरे झै अरुलाइ नसोचौ राजनितीमा कति दिन भ्रमको खेतिपाति बाट चल्छ होला र तपाईं हरु झै आफै बोकसी आफै धामी हामीलाई आउदैन पोल खोलौ भने धेरै छन अहिलेलाई यति नै भनौ ।’

त्यस्तै,सामाजिक संजालमा स्तरहिन अफवाह फैलाएको भन्दै नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा दार्मा गाउँपालिका इन्चार्ज गणेशमान सिंहले अध्यक्ष निम बहादुर केसीबारेमा स्पष्ट हुन् सबैलाई अनुरोध भन्दै ३ बुँदामा लेखेका छन् ।

१) निमबहादुरले यहाँ शुरुमै बिरामीको स्वाव परिक्षण गर्न सुर्खेत एम्बुलेन्स पठाउने बाटो भएन भन्दै बाटोको रकम माननीय गुलाबजंग शाहले काटिदिनु भयो भन्दै रुवाबासी गर्नुभएछ । कठै तिम्रा चटक ! पोहरसाल कोरोना परिक्षण गरेको (खुब फोटोसुट देखिन्थ्यो) चौहरजहारी नगरपालिकालाई दस लाख ठग्ने ठगले कोरोनाको नाममा उतिबेला छुट्टयाइएको झन्डै करोड रकम कहाँ गयो ? पटकपटक ताकेता गर्दा पनि सार्वजनिक नगर्ने पतितहरुले अरुलाई सत्ताोसराप गरेको सुहाएन है ! (कृपया पालिकाबासी लाई त ठग्नुहुन्छ नै चौहरजहारी नगरबासीलाई नठग्नुहोला) यस्तो फेसबुके जात्रा देखाएर पोहरसाल जस्तै यसपालि पनि लुट्ने दाउ त होलान् है !

२) अध्यक्ष निमबहादुरको यो लामो निबन्धमा प्रदेश सांसद गुलाबजंग शाहले दार्मामा केही नगरेको भनेर आलाप विलाप गर्नुभाछ, सायद यो चटक पनि कसैलाई खुशी पार्न र नजिक हुन गरिएको खुरापात होला । मान्य गुलाबजंग लाई झटारो हान्दा कर्णालीमा केही आफ्नो छिटा परिहाल्छ भन्ने भ्रम होला । उहाँलाई आरोप लगाउँदै गर्दा– उहाँको मार्फतको बजेटबाट बनेका दर्जनौं स्कुल भवनहरु कसरी भुल्नु भो ? उद्घाटनमा त उहाँको अगाडि मच्चीमच्ची भाषण गर्नुहुन्थ्यो त !? अनि दार्माका महत्त्वपूर्ण सडकहरु संघले बनायो कि प्रदेशले ? – त्यति सामान्य कुरामा पनि पाप गर्न लाज लाग्दैन ?

३) अनि अर्को अध्यक्ष निमबहादुरले ज्यान फालेर चुनाव जिताएको भनी ठट्टा गर्नु भएछ ! बिर्सिनुभयो त्यो बेला अग्रज नेताहरुलाई बागी उठ्नुपर्छ भन्दै राजनीतिक जीवन समाप्त पारेको ? आफू भने के के हो के के मा बिकेको ? हर सल्यानीलाई थाहा छ, आफ्ना सहयोद्वाहरुलाई कसरी त्यो बाटो हिड्न लगाएर फेरि आफैले बागीमा लाग्ने भन्दै सामान्य समर्थक, कार्यकर्तालाई कार्वाही गर्दै हिडेको ? अध्यक्ष कमरेड तपाई पहिला होसमा आउनुस् र अर्कालाई खुइल्याउँदै गर्दा मेरो अनुहारमा कति धुलो जमेको छ सामान्य हेक्का राख्ने प्रयत्न गर्नुहोस् । अरुलाई बाचा बिर्सिएको भन्ने आरोप लगाउँदै गर्दा आफुले स्थानीय चुनावमा कस्ताकस्ता बाचा गरेको तर अहिले पाँच मिनेटको दुरीमा भएको घरमा नबसी भाडामा घर लगेर मन्त्री सरहको दानापानीमा गरिरहेको लिला कसलाई थाहा नहोला र !
समय नआउँदै नआतिए हुन्छ ! यसको हिसाबकिताब जरुर गरौंला !

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार, ,  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्