हामी परिक्षण प्रसारणमा छौ



१५ जेठ,दाङ । शनिबार बसेको जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र सल्यानको बैठकले जारी लकडाउनलाई  १० दिन थप्ने निर्णय गरेको हो ।

सल्यानका प्रमुख जिल्ला अधिकारी तथा कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक लक्ष्मीदेबी होमागाइको अध्यक्षतामा सदरमुकाम खंलगामा बसेको बैठकले जारी लकडाउनलाई जेठ २६ गते रातिसम्म निरन्तरता दिने निर्णय गरेको हो । यसअघी थपेको लकडाउन सल्यानमा १६ गते अर्थात भोली आइतबारदेखि सकिदै थियो ।

आज बसेको बैठकले अत्यावश्यक पसल भने दैनिक बिहान ६ देखि ९ बजेसम्म खोल्ने दिने निर्णय गरेको छ । बैठकले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको खरिदको लागि आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खुल्न दिन निर्णय गरेको छ । बैंकमा भएको भिडभाडलाई कम गर्न बैठकले बैंक आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार, ,  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्