हामी परिक्षण प्रसारणमा छौ



१७ जेठ,दाङ । आज सम्पन्न लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेले ४१४० मतभार प्राप्त गर्दै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै, उनका प्रतिस्पर्धी चन्द्रबहादुर खड्काले ३६१२ मतभार पाएका छन् । प्रदेशसभा तर्फ जम्मा मतदाता ८३ रहेकोमा नेपाली काँग्रेस सम्बद्ध उम्मेदवार पाण्डेले ४२ मतको २०१६ मतभार प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार खड्काले ४० मतको १९२० मतभार प्राप्त गरेका छन् । १ मत बदर भएको छ ।

यस्तै स्थानीय तर्फ जम्मा मत २११ रहेकोमा नेपाली काँग्रेसका उम्मेदवारले ११८ मत पाएका छन् भने एमालेका उम्मेदवार खड्काले ९४ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । जसको मतभार पाण्डेले पाएको २१२४ र एमालेका उम्मेदवार खड्काले पाएको १६ ९२ हुने निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन गर्दै उम्मेदवार बनाएको थियो ।

कति खस्यो मत ?

आज सम्पन्न मतदानमा २ सय ९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार जम्मा ३ सय मतदाता रहेको उपनिर्वाचनमा २ सय ९७ मत खसेको थियो ।

जसमध्ये प्रदेश सभाका ८३ प्रदेश सभा सदस्य सबैले निर्वाचनमा मतदान गरेका छन् । तर, स्थानीय तहतर्फका २१४ मतदाता रहेकोमा ३ जनाले मतदानमा भाग नलिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार, ,  ४ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्