हामी परिक्षण प्रसारणमा छौ



२४ जेठ ,सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । नेपालगञ्जबाट शव बोकेर आएको जीप सल्यान बनगाड कुपिण्डे नगरपालिका‐८, आगरनेटामा दुर्घटना भएको हो ।

सोमबार बिहान नेपालगञ्जबाट शव बोकेर सल्यान बनगाड कुपिण्डे नगरपालिका‐१०, थापाचौर जाँदै गरेको भे १ च ३६६९ नम्बरको यात्रुवाहक जीप दुर्घटनामा परी ७ जना घाइते भएको र त्यसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जीप दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक बनगाड कुपिण्डे‐८, वावियाचौरका २६ वर्षिय बल बहादुर कंवर, सोहि ठाउँका ४० वर्षिय गाडी मालिक होम बहादुर गिरी, बनगाड कुपिण्डे १० थापाचौरका २१ वर्षीय आईतुलाल थापा, ३२ वर्षीय खोकलाल थापा, २६ वर्षीया हुर्मति थापा, २० वर्षीय केशव थापा र ४५ वर्षीय टोप बहादुर घर्ति रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार जीप सडकबाट झन्डै ५० मिटर तल खसेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक बल बहादुर कंवर, हुर्मति थापा र आईतुलाल थापालाई थप उपचारको लागी नेपालगंज पठाइएको र अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जून पौडेलले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार, ,  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्