हामी परिक्षण प्रसारणमा छौ



३० जेठ, काठमाडौं । (एसईई) को नतिजा यसवर्ष पनि आन्तरिक मूल्यांकनबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक नतिजाको सम्पूर्ण विवरण असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउन देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।

गत वर्ष जस्तै यसवर्ष पनि भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरुको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको (एसईई) ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन असार २० गतेभित्र सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई समन्वय समितिमा पठाउनुपर्ने र इकाइले असार मसान्तभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बनाएको यसवर्षको नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको आन्तरिक मूल्यांकनको मुख्य जिम्मा सम्बन्धित विद्यालयको विषय शिक्षकलाई नै दिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार, ,  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्