हामी परिक्षण प्रसारणमा छौ



३ असार,दाङ । दाङमा एक पुरुषले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा का ५७ वर्षीय मन्कुलाल चौधरीले ४६ वर्षीया श्रीमती स्यानाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बेलुका पौने ६ बजेतिर टाउकोमा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी चौधरीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

स्यानाको बिहीबार दिउँसो मृत्यु भएको कोहलपुर अस्पतालले जनाएको छ । हत्यामा संलग्न मन्कुलाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार, ,  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्