हामी परिक्षण प्रसारणमा छौ



सल्यान । घटनाको सत्यतथ्य छिटोभन्दा छिटो  पत्ता लगाउने प्रशासनको प्रतिबद्धतापछि केहीदिन अघि मृत अबस्थामा फेला परेकी दार्मा गाउँपालिका‐५,की खिमा खड्काको शव उनका परिवारले शनिबार बुझेका छन् ।

मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै परीक्षण भएको पाँच दिन पुग्दा पनि शव बुझ्न मानेका थिएनन् । प्रहरीले घटनाबारे छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएसँगै दार्मा गाउँपालिका‐५,की २९ वर्षीया खिमा खड्काको परिवारले सल्यान जिल्ला अस्पतालमा रहेको शव शनिबार बुझेका छन् ।

गत जेठ ३१ गते उपभोक्ता समितिको पैशा निकाल्न भन्दै उनी घरबाट फारुलाचौर गएको उनका आफन्तले जनाएका छन् । जेठ ३१ मा उनी घर नर्फर्की बेलुका देखि सम्पर्क बिहीन भएकी खिमा खड्का असार १ गते दार्मा गाउँपालिका स्थित ठुला खोलामा मृत्त फेला परेकी थिइन ।

खड्कालाई खोलाले बगाएको नभई हत्या भएको र हत्याको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही हुनुपर्ने मृतकका बुवा गणेश बहादुर खत्रीले बताए । सुनियोयजित ढंगले हत्या गरेर खोलामा फालिएकोले त्यसको सत्यतथ्य सार्वजनिक तत्काल हुनुपर्ने हाम्रो मागलाई प्रशासनले सहयोग गर्न लागिपछौं भनेकोले मृतकको शव आफुहरुले बुझ्mेको मृतकका श्रीमान् खिम बहादुर खड्काको भनाई छ । खोलाले बगाएको भनिएता पनि महिलाको हत्या गरेर खोलामा फालिएको मृतकका आफन्तको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले घटना गम्भिर प्रकृतिको भएकोले मृतक खड्काको विषयमा आफुहरुले गहिरो गरी अनुसन्धान गरीरहेको बताए । घटनाबारे चाँडै सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धतापछि आफन्तले मृतकको शव बुझेर शनिबार घर गइसकेको सल्यान प्रहरी प्रमुख थापाले जानकारी दिए । – सांकेतिक तस्वीर

प्रकाशित मिति : ५ असार २०७८, शनिबार, ,  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्