हामी परिक्षण प्रसारणमा छौ



७ साउन,तुलसीपुर । दाङको कोरोना अस्पताल बेलझुण्डीमा बिहिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार लमही नगरपालिका‐५, निवासी ५७ वर्षिय एक पुरुषको आज दिउँसो सवा ४ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पताल व्यवस्थापक वलीका अनुसार उनी साउन ६ गतेदेखि कोरोना अस्पताल बेल्झुण्डीको आईसियू कक्षमा उपचाररत थिए । अस्पतालका अनुसार मृतक व्यक्तिमा पछिल्लो समय निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो । हाल यस कोरोना अस्पताल बेलझुण्डीमा ७ जना कोरोना संक्रमित बिरामी आईसियूमा उपचाररत छन् ।

 

दाङमा बिहिबार कोरोना संक्रमित २२ जना थपिए

दाङमा बिहिबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ८० जनामा गरिएको पिसिआर जाँचमा १२ जना महिला र १० जना पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा घोराहीका १७, तुलसीपुरका, राप्ती, राजपुर, बङगाचुली र बवईका १÷१ जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार, ,  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्