हामी परिक्षण प्रसारणमा छौ

खेलकुद

मंसिर १५, २०७७ सोमबार

आईसीसीको दशककै उत्कृष्ट किक्रेट खेलाडी मनोनयनमा पारस खड्का


काठमाडौँ  (सल्यानन्युज)— आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनको सूचिमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का समाबेश भएका छन् ।

आईसीसीले यसपटक निकालेको एसोसिएट राष्ट्रतर्फको ६ जनाको अन्तिम मनोनयनको सूचिमा नेपालका पारस खड्का अटाएका हुन् ।
आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्ने जनाएको छ । यसपटक नेपालका पारस खड्कासँगै स्कटल्यान्डका काइल कोटजर,केलम म्याकलेओड र रिची बेरिङटन अन्तिम ६ मनोनयनमा परेका छन् । त्यसैगरी अन्तिम मनोनयनमा पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन समेत अन्तिम ६ जनाको मनोनयनमा पर्न सफल भएका छन् ।

दशककै उत्कृष्ट किक्रेट खेलाडी भने भोटिङ मार्फत छनौट हुने आईसीसीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्