हामी परिक्षण प्रसारणमा छौ



७ साउन,सल्यान । सल्यान जिल्ला अस्पतालमा रहेकी एक सुत्केरीको फोक्सोमा समस्या आएपछि उनलाई थप उपचारको लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत रिफर गरेको सल्यान जिल्ला अस्पतालले जनाएको छ ।

महोत्तरी जिल्ला सोनाम गाउँपालिका–१,घर भई हाल सल्यान शारदा नगरपालिका‐२, बस्दै बस्ने २१ वर्षीया अर्चना यादवको बिहिबार हेलिकप्टरबाट उद्धार गरि उनलाई सुर्खेत पठाइएको हो ।

सल्यान जिल्ला अस्पतालका डा. भीमकान्त जैसीका अनुसार शल्यक्रियाबाट बच्चा डेलिभरी गरेको दुई दिन पछि सुत्केरी महिलामा अचानक अक्सिजन कम भएकोले अप्रेशन पछिको जटिलताले उनको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले अस्पतालले उनको अन्यत्र रिफर गरेको हो । थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई सुर्खेत पठाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार, ,  १० : ४९ बजे

प्रतिक्रिया दिनुहोस्