हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । संघीय संसद सचिवालयको एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका पूर्बसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि उनी निर्दोस रहेको यस अघिको जिल्ला अदालत काठमाडौंको निर्णयलाई सदर गरेको छ ।

फैसलाको पूर्णपाठ तयार नभए पनि उनी निर्दोष रहेको भन्दै न्यायाधीशहरु माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर हुने आदेश गरेको हो ।

आफूमाथि दुव्र्यवहार नभएको भन्ने पिडितको बकपत्र, बलात्कारको प्रयास नगरेको भन्ने महराको बयान र हस्तरेखा विश्लेषणका क्रममा पिडितको निवासमा भेटिएका सामानहरु महराले नै छाडेका हुन् भन्ने पुष्टि नभएको भन्दै यसअघि जिल्ला अदालत काठमाण्डौंले २०७६ साल फागुन ५ गते पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महरालाई सफाई दिएको थियो ।

महरालाई सफाई दिने जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझाई सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । त्यही मुद्दाको फैसलामा मंगलबार पाटनले पनि जिल्लाको फैसलालाई सदर गर्दै महरालाई सफाई दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार, ,  ४ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्