हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेपालमा शनिबार थप तीन हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५१९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार १०६ जनामा कोरोना पोजिटिभ रिपोट देखिएको छ ।

कोरोना संक्रमित २३ जनाको मृत्यु

देशभर बितेको २४ घण्टामा कोरोना संक्रमित २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८५७ पुगेको छ भने बितेको २४ घण्टामा देशभर एक हजार ९१६ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार, ,  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्