हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नायिकाद्धय स्वस्तिमा खड्का र आँचल शर्मा अभिनित गायक प्रकाश सपुतको यो वर्षको तीज गीत ‘कुरा बुझ्न पर्च’  शुक्रबारबाट सार्वजनिक भएको छ ।

महिलामाथी हुने गरेको घरेलु हिंसा महिलाहरुले कसरी सामना गर्नु परिरहेको छ भन्ने भावलाई उजागर गर्दै पछिल्ला पुस्ताले कम्तिमा आफ्नो कुरा प्रष्ट राख्नुपर्छ भन्ने सन्देश दिएको तीज गित बजारमा आएको हो ।

भिडियो सार्बजनिक भएको २४ घण्टा नबित्दै ट्रेडिङको एक नम्बरमा

यस अघि जस्तै सपुतले यसपटकको गितमा पछिल्लो पुस्ताका युवती अन्यायका बिरुद्ध जहाँ जस्तो सुकै परिस्थितिसँग मुकाबिला गर्न सक्ने हुनैपर्छ भन्ने भन्ने भाव समेटेका छन् । प्रकाश सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक भएको २४ घण्टाको अवधिमा यो समाचार तयार पार्दासम्म ‘कुरा बुझ्न पर्च’ तीज गीत १२ लाख बढिले हेरिसकेका छन् भने गीत युट्युब ट्रेडिङको पहिलो नम्बरमा रहेको छ ।

‘कुरा बुझ्न पर्च’  तीज गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् । गीतमा चर्चित नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनिल विकको अभिनय रहेको छ । प्रकाश सपुतको निर्देशनमा तयार पारिएको भिडियो नवराज उप्रेतीले छायाँकन गरेका छन् भने प्रवीण भट्टको सम्पादन रहेको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार, ,  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्