हामी परिक्षण प्रसारणमा छौ



५ भदौ, काठमाडौं । गएको २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । यस्तै,कोरोना संक्रमित २,३८२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४८५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार, ,  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्