हामी परिक्षण प्रसारणमा छौ



१८ भदौ,सल्यान । सल्यानमा एक गाउँपालिका अध्यक्ष एक उपाध्यक्ष सहित स्थानीय निकायका ६४ जना जनप्रतिनिधिहरुले नयाँ दल एकीकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन आयोगले अगामी २२ गतेसम्म दल सनाखत गर्न दिएको समय अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुले विधिवत रूपमा दल सनाखत गर्न सुरु गरेका हुन् ।

शुक्रबार जिल्लाको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने सहित ६४ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय सल्यानमा पुगेर माधब कुमार नेपालको एकीकृत समाजवादीमा रहने गरि सनाखत गरेका छन् । बिहीबार कार्यालय समयसम्म जिल्लाभरका ६४ जना निर्वाचित जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको निमित्त जिल्ला निर्वाचन अधिकृत तेजेन्द्र कुमार चन्दले सल्यानन्युजलाई बताए ।

त्यसैगरी तत्कालीन एमालेबाट निर्वाचित कपुरकोट गाउँपालिकाकी उपाध्यक्ष तिला बुढा मगर सहित ६४ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

यता कार्यव्यस्तताले शुक्रवार आउन नसकेका जनप्रतिनिधिहरु भदौ २२ गतेभित्र जिल्ला निर्वाचन कार्यालय सल्यानमा आएर सनाखत गर्ने केही जनप्रतिनिधीले जानकारी दिएको एकीकृत समाजवादीका जिल्ला सचिव रमेश कुमार गौतमले जनाए । उनले भने, ‘कुमाख गाउपालिकाका सतप्रतिशत निर्वाचित जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गरेको अबस्था छ । शारदा नगरपालिकाका पनि १८ जनप्रतिनिधि मध्ये १६ जनाको सनाखत भैसकेको छ । अहिले छुटेका जनप्रतिनिधि साथिहरु २२ गते भित्र आउने हामीले जानकारी पाएका छौं ।’ सल्यानमा नेकपा एमाले भन्दा आफुहरु बलियो भएको भन्दै आम जनसमुदाय र कार्यकर्ता कोही भ्रममा नपर्न सचिव गौतमले अपिल गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार, ,  १० : १६ बजे

प्रतिक्रिया दिनुहोस्