हामी परिक्षण प्रसारणमा छौ



१८ भदौ, सल्यान । बागचौर नगरको प्रमुख ब्यापारिक केन्द्रको सडक हिलाम्मे भएको भन्दै स्थानीय पत्रकारले फेसबुकमा लेखेको २४ घण्टा नबित्दै सल्यान बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी बिग्रेको सडकमा आफै गएर सडक मर्मत गरेका छन् ।

पत्रकार बिरेन्द्र डिसीले जनकल्याण नमूना माबि तथा जनकल्याण क्याम्पस जाने बाटोको अवस्था बेहाल भएको भन्दै बिहिबार आफ्नो फेसबुक स्टाटसमा गुनासो लेखेका थिए । उनले सम्बन्धित विद्यालय प्रशासन तथा नगरपालिकाले जिम्मेवारी बहन गरेर बाटो सुधार गर्नुपर्ने उल्लेख गर्दै छिटो सहजिकरण गर्न आग्रह गरेका थिए ।

विहिबार स्थानीयको गुनासो आएपश्चात शुक्रबार मेयर आफै सडकमा पुगेर नगरपालिकाको टिप्परमा बालुवा तथा ढुंगा ल्याइ मर्मत कार्यमा जुटेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार, ,  १० : ४१ बजे

प्रतिक्रिया दिनुहोस्