हामी परिक्षण प्रसारणमा छौ



३० भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान, राष्ट्रियता र गणतन्त्रलाई संस्थागत गर्नकै लागि आफुहरुले गठबन्धन बनाएको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा बोल्दै उहाँले भन्नुभयो, ‘यो गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिने भएकोले गठबन्धनलाई हामीले बचाउनुर्छ ।’ प्रचण्डले गठबन्धन बच्यो भने चुनावपछि फेरि पनि सरकार दुई तिहाईको सरकार बन्नेमा आफु विश्वस्त बनेको बताउनुभयो । पछिल्लो परिस्थीलाई हेर्दा फेरि पनि माओवादी एक नम्बरको पार्टी बन्ने संकेत मिलेको प्रचण्डको दाबी थियो ।

स्मृति सभामा बोल्दै उहाँले भन्नुभयो,‘संगठन संरचना र विचार देशैभरि पु¥याएर जाने हो र हामी आफु पनि रूपान्तरण भएर पार्टीप्रति प्रतिबद्ध भएर लाग्यौं भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ । शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच÷सात सिट आउँछ भनेका थिए, तर पहिलो संविधानसभाको चुनावमा माओवादी एक नम्बरको पार्टी भयो ।’

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार, ,  १२ : १९ बजे

प्रतिक्रिया दिनुहोस्