हामी परिक्षण प्रसारणमा छौ



३० भदौ, सल्यान । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले कम्यूनिष्ट आन्दोलनलाई जोगाउन,लोकतन्त्रको रक्षा गर्नको साथै केपी ओली प्रवृत्तिको अन्त्य गर्नको लागि आफुहरुले बिद्रोह गरेको बताउनुभएको छ ।

आज नेकपा (एकीकृत समाजवादी) सल्यानले आयोजना गरेको बनगाड कुपिण्डे नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओलीको अहंकार र दम्भका कारण आफुहरुले बिद्रोह गरेको बताउनुभयो । युवा नेतृ झाँक्रीले केपी ओलीले आफुलाई डोनाल्ड ट्रम्प र नरेन्द्र मोदी भन्दा अब्बल सम्झिदै पार्टीको निति र विधिविधानलाई लत्याउदै पार्टी,गणतन्त्र,संघीयता र पछिल्ला समय संविधानलाई नै मास्नेतर्फ अघि लम्किन खोजेकोले आफुहरु संविधान बचानउन र पार्टीभित्रको अत्याचार सहन नसकी बिद्रोह गर्न बाध्य भएको बताउनुभयो ।

‘ओलीले नेपालमा नक्कली राष्ट्रबादको बर्को ओढेर आफ्नो पार्टी र मुलुकको हितमा भन्दा आफ्नो निहित निजि स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले अघि बढ्दा त्यसको विरुद्धमा पार्टी विभाजन भएको अहिले प्रष्ट भएको छ ।’ झाँक्रीले भन्नुभयो । उहाँले आफुहरुको बिद्रोह एजेण्डा सहितको भएको हुनाले बैधता पाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुन सुकै ठाउँमा पनि विद्रोहले वैधता पाएको छ । हामीले गरेको केपी विरुद्धको विद्रोहले त झनै वैधता नपाउने कुरै भएन,अबस्य पाउँछ ।’
झाँक्रीले अघिल्लो चुनावमा संघीय सांसद सल्यानको टिकट प्रकाश ज्वालालाई दिने पार्टी निर्णयको माइन्यूट ओलीका मान्छेले च्यातेर ओलीसामु अर्को कृते माइन्यूट बुझाएको समेत खुलासा गर्नुभएको थियो ।

खड्क प्रसाद ओलीले प्रा.ली चलाएर बसेको बताउँदै युवा नेतृ झाँक्रीले भन्नुभयो, ‘२०६२ सालको जनआन्दोलनमा संविधान विरोधी कुरा गर्ने ओली ,जनआन्दोलनको समयमा बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्ने ओली खासमा प्रधानमन्त्री हुनको लागि मात्र गणतन्त्र मान्न बाध्य भएर परिवर्तनलाई स्वीकार गरेपनि अहिलेका उनका गतिविधि गणतन्त्रलाई नै मास्न लागेको संकेत प्रष्ट देखिन्छ ।’

उक्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज प्रकाश ज्वालाले एमाले पार्टीमा भष्मासुर प्रवृतिले गर्दा अहिलेको परिस्थिती सिर्जना भएको बताउनुभयो । नेता ज्वालाले हिजो आफुहरुले दुःख कष्टका साथ कठिन समयमा एमाले बनाएका सबै कार्यकर्ता अहिले माधव नेपालले नेतृत्व गरेको समाजवादी तिर आएकोले सल्यानमा ओलीको एमालेले एउटा वडा पनि जित्न नसक्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार, ,  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्