हामी परिक्षण प्रसारणमा छौ



३१ भदौं,सल्यान । नेकपा (एमाले) ले शारदा नगरपालिका स्तरिय भेला तथा कमिटी घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार भएको भेलाले मधुसुदन शर्माको अध्यक्षतामा ८१ सदस्यीय नेकपा(एमाले) शारदा नगरकमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा राम बहादुर भण्डारी,सचिवमा महेश देवकोटा र सहसचिवमा प्रलाद श्रेष्ठ रहेको नगर कमिटी गठन गरेको छ ।

नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा शारदा नगर संयोजक कुल बहादुर गिरीको अध्यक्षता तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलालाई सम्बोधन गर्दै नेता गुलावजंग शाहले नेकपा (एमाले) बाट चोइटीए पनि जनमत आफुहरुसँग रहने बताउनुभएको थियो ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार, ,  १० : ४५ बजे

प्रतिक्रिया दिनुहोस्