हामी परिक्षण प्रसारणमा छौ



१ असोज, सल्यान । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सल्यानको अध्यक्षमा राजेन्द्र खड्का चयन हुनुभएको छ ।

बिहीबार जिल्लाको बागचौरमा भएको संगठनको २० औं जिल्ला सम्मेलनले राजेन्द्र खड्काको नेतृत्वमा २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा शेरजन चन्द, सचिवमा दिपक खडका, सहसचिवमा बिष्णु बुढाथोकी र संगठनको कोषाध्यक्षमा प्रेम वली सर्बसम्मत चयन हुनुभएको छ । सम्मेलनको उद्घाटनमा नेकपाका विशेष कमिटी सदस्य लोक्पालले जनयुद्धले उठाएका कदमहरुमा प्रचण्ड बाबुरामले धोका नदिएको भए अहिलेको परिस्थिति भन्दा केही सहज र जनताको वैज्ञानिक समाजबादतर्फ मुलुक अघि बढीसकेको हुने धारणा राख्नुभयो ।

लोक्पालले संघर्षहरुले जनताको व्यवस्था आएर देशमा आमूल परिवर्तन आउने बताउदै जनताको आधारभूत आवस्यकता निशुल्क हुनुपर्ने र त्यो व्यवस्था वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको धाराना राख्नुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मदन चन्दले अहिलेको शिक्षा दलाल संसदीय व्यवस्थालाई रक्षा गर्ने साम्राज्यवादलाई रक्षा गर्ने मात्र भएकोले अबको समयमा वैज्ञानिक समाजबाद आबश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै राप्ती संयोजक दिपकले वैज्ञानिक समाजवादी शिक्षा नेपालमा आवश्इक रहेको र त्यसका लागि अखिल क्रान्तिकारी दलालहरु भन्दा एक कदम अगाडि भएको र बिद्यार्थी सर्वहारा जनताकोलागी कार्य गरिएको र गर्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका सल्यान जिल्ला सेक्रेटरी नारायण चन्द, अखिल (क्रान्तिकारी) सल्यानका जिल्ला इन्चार्ज सल्यान टंक प्रकाश केसी, अनेमसंघ (क्रान्तिकारी)का हेमन्ता बुढाथोकी, जनपत्रकार संगठन नेपाल सल्यानका अध्यक्ष विरेन्द्र डिसी, युवा संगठन सल्यानका अध्यक्ष प्रकाश गिरी लगायतले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । गणेश क्षेत्री (प्रभाकर) को अध्यक्षमा सुरु भएको कार्यक्रमको संचालन राजेन्द्र खड्काले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार, ,  ११ : ११ बजे

प्रतिक्रिया दिनुहोस्