हामी परिक्षण प्रसारणमा छौ



२ असोज ,तुलसीपुर । नेपाल राष्ट्रीय उद्योग व्यापार संगठन तुलसीपुर उपमहानगरपालिका कमिटीको शनिबार सम्पन्न तेस्रो नगर सम्मेलनबाट अध्यक्षमा घनश्याम डाँगी चयन हुनुभएको छ ।

शनिबार तुलसीपुरमा सम्पन्न सम्मेलनबाट व्यापार संगठनको वरिष्ठ उपाध्यक्षमा कालु जैशी (गौरव),महिला उपाध्यक्षमा शारदा ओली,महासचिवमा बसन्त भण्डारी,सचिवमा हरि प्रसाद बुढाथोकी,कोषाध्यक्षमा तुल्सीराम परियार र सह‐कोषाध्यक्षमा बलबहादुर ओली सर्बसम्मत चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा केशर खड्का,उदय देवकोटा,एकराज कंडेल,कृष्ण पुन,टिकाराम खत्री,पेशल डाँगी,पूर्णबहादुर डाँगी,प्रकाश भण्डारी,गोपी चौधरी ,रामबहादुर डाँगी,भिमबहादुर केसी,बेद बहादुर सुनार,ताराप्रसाद अधिकारी,मिसन कुमार सुनार,मिना कुमारी केसी चयन हुनुभएको छ ।

त्यस्तै भुप बहादुर ओली,जिवराज ओली,कुबेर कठायत,देब बहादुर सुनार,रामबहादुर डाँगी,उत्तम कुमार डाँगी,मोहन शर्मा,दत्त बहादुर बस्नेत,टिकाराम केसी,विप्लब ओली,गोबिन्द केसी,टोब बहादुर चौधरी,धन बहादुर बिक र पहल बुढा गरी ३७ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको ब्यापार संगठनका केन्द्रीय सदस्य मिनराज भण्डारीले जानकारी दिनुभयो ।

यस्तै व्यापार संगठन उपमहानगर कमिटीको सल्लाहकारमा मोहन ओली,परशुराम पुन,राजेन्द्र श्रेष्ठ,अलबहादुर बाँठा,बेद प्रसाद ओली,शेषकान्त ढकाल,निर्मल आचार्य,धन बहादुर बुढा,किशोर कुमार ओली,दुर्गा विक चयन हुनभएको छ । यसैगरी संगठनको कानूनी सल्लाहकारमा रामशरण चौधर र प्रेस सल्लाहकारमा दिपक बोहरा चयन हुनुभएको छ ।

संगठनका अध्यक्ष डिल्लीबहादुर ओलीको अध्यक्षता,माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङका सहइन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड),शेसुराम भण्डारी,एज्ञ केसी,मिनराज भण्डारी लगायतले अब उद्योग व्यापार संगठन आम व्यवसायीको हकहितमा लाग्नुपर्नेमा जोड दिदै अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । आजको कार्यक्रमको सहजिकरण सचिव बेद प्रसाद ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार, ,  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्