हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर, ४ असोज । तुलसीपुर उपमहानगरपालिकाले मंगलबार (भोली) छोरीहरुलाई ५० साईकल वितरण गर्न लागेको जनाएको छ ।

युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले ‘किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान भन्ने’ मुल नारा सहित अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारी साइकल वितरण गर्न लागेको हो ।

तुलसीपुर उपमहागनरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतका अनुसार तुलसीपुरको मेट्रो कलेजमा हुने उक्त साइकिल वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लेव आउने कार्यक्रम समेत रहेको छ । बस्नेतका अनुसार लेब नेपालमा बस्ने यूएन डिपीका सबै भन्दा उच्च पदस्थ व्यक्ति हुनुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठका अनुसार पर्यावरणलाई जोगाउनुका साथै साईकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले अघिल्लो बर्षदेखि किशोरीहरुलाई साईकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले गत बर्ष महिला दिवसको अवसर पारेर ५३ वटा साईकल वितरण गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार, ,  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्