हामी परिक्षण प्रसारणमा छौ



११,असोज,काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार २ सय ८२ कोरोना संक्रमित थपिएका छन् भने कोरोना संक्रमित ७ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ८८मा गरिएको परीक्षणमा १२८२ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२ जनामा पिसिआर परीक्षण गर्दा ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३ हजार ४ सय ७ मा एन्टीजेन परीक्षण गर्दा ३ सय ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

देशभर गएको २४ घण्टामा १२६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार, ,  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्