हामी परिक्षण प्रसारणमा छौ



११ असोज,काठमाडौं । शोमबार साँझसम्म बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा ५९ लाख ५९ हजार ३० कित्ताका लागि आवेदन परेको छ । सोमबार साँझ ५ बजेसम्ममा ४ लाख ५५ हजार ४३८ जना आवेदकबाट ५९ लाख ५९ हजार ३० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

कम्पनीले शोमबार (आज) बाट ८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ । यस मध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ८ गुणा बढी हो । बुद्धभूमि नेपाल हाइड्रोपावरले आज असोज ११ गते सोमबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । यस बुद्धभूमि नेपाल हाइड्रोपावरले नुवाकोट जिल्लामा ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यस आइपीओ लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने यसको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार, ,  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्