हामी परिक्षण प्रसारणमा छौ

माओवादी केन्द्रको त्रीवेणीमा पार्टी कार्यालय स्थापना

युथफोर्सका संयोजक माओवादीमा प्रवेश



सल्यान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सल्यानको त्रिवणीमा गाउँपालिकामा  पार्टी कार्यालय स्थापना गरेको छ ।

पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका कर्णाली प्रदेश सह इन्चार्ज,पूर्व मन्त्री तथा सल्यानका प्रतिनिधिसभाका सदस्य टेक बहादुर बस्नेतले कम्युनिस्ट आन्दोलनलाई विघटन हुनबाट जोगाउन सक्ने सामथ्र्य माओवादी केन्द्रसँग मात्र भएको प्रमाणीत भएको बताउनुभयो । पूर्व मन्त्री बस्नेतले जनताको इच्छा आकांक्षालाई परिपूर्ति गर्न र नेपाली जनतालाई परिवर्तनको आभाष दिलाउन सक्ने पार्टी मात्र माओवादी केन्द्र मात्र भएको बताउदै सबैले एकपटक फेरी माओवादी केन्द्रलाई विश्वास गर्न आग्रह गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेकपा एमालेको भातृ संगठन युथ फोर्सका जिल्ला सदस्य तथा त्रिवेणी गाउँपालिका संयोजक सुरेश नेपालीको नेतृत्वमा ७ जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत, जिल्ला संयोजक कृतिबहादुर पुन, जिल्ला सचिव निमबहादुर केसी लगायतका अगुवा नेताले टिका लगाएर माओवादी केन्द्रमा स्वागत गर्नुभएको थियो । पार्टी कार्यालय स्थापना कार्यक्रमसँगै पार्टी प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिए पछि सोमबार त्रिवेणी गाउँपालिकाले लुहाममा पार्टी कार्यालय स्थापना गरेको माओवादी केन्द्रका जिल्ला सचिव निमबहादुर केसी (अरुण) ले जानकारी दिनुभयो । माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष राजेन्द्र कुमार थापाले अब पार्टीका गतिविधिलाई तिब्रता दिने बताउनुभयो ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार, ,  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्