हामी परिक्षण प्रसारणमा छौ



३ कार्तिक, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा धारिलो हतियार (बसुलो) प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको कुमाख गाउँपालिका‐५,तिमिलेका ४७ वर्षका कबिराम खड्काले ४२ वर्षकी आफ्नै श्रीमती कली खडकाको धारिलो हतियार (बसुलो) प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्याका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभएको छ ।

सूचना अधिकारी पौडेलका अनुसार अत्यधिक मदिरा सेवन गरेका खड्काले मंगलबार राति करिब साढे दश बजेतिर घरायसी विवाद हुँदा बसुलाले टाउको र घाटीमा प्रहार गरेर हत्या गरेका हुन् ।

अहिले खडकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र थप अनुसन्धानका लागि घटना भएको स्थानमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार, ,  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्