हामी परिक्षण प्रसारणमा छौ

बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई २ लाख दिने सरकारको निर्णय

घर गुमाएकालाई हिमालमा ५लाख,पहाडमा ४ र तराईमा ३ लाख दिने



३ कार्तिक,काठमाडौं । सरकारले अविरल वर्षाका कारण बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप दुई लाख दिने निर्णय गरेको छ ।
आकस्मिकरूपमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा दुईभन्दा बढी परिवारको सदस्य गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बुधबारको मन्त्रीपरिषद्का् बैठकले बाढीपहिरोले घर पूर्णरूपमा क्षति भएको परिवारलाई हिमाली क्षेत्रमा भए पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसैबिच जमिन गुमाएकालाई सरकारले जमिन उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार, ,  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्